एमालेले सत्तामा नहुँदाको अवस्था स्वीकार्न नसकेको अर्थमन्त्री महतको आरोप

एमालेले सत्तामा नहुँदाको अवस्था स्वीकार्न नसकेको अर्थमन्त्री महतको आरोप


अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिपक्षले सत्तामा नहुँदाको अवस्थालाई स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन् । 

आईतबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले प्रतिपक्षले सत्तामा नहुँदाको अवस्थालाई स्वीकार गर्न नसकेको आरोप लगाएका हुन् । उनले भने, ‘सत्तामा नहुने वित्तिकै यो किसिमको सोच राख्नु भएन् लोकतन्त्रमा सबै सधैं सत्तामा रहिरहँदैन । कहिले भईन्छ कहिले हुँदैन । त्यसलाई त स्वीकार गर्नु पर्यो नी । त्यसैलाई स्वीकार गर्न नसकेको जस्तो हामीलाई महसुस भएको छ ।’

सरकार कुनै पनि हालतमा कसैप्रति पूर्वाग्रही नहुने उनको भनाई छ । ‘सरकार पूर्वाग्राही हुँदैन । हुनु पनि हुँदैन । प्रतिशोधको हिसाबले कुनै काम गर्नु हुँदैन। देश र जनतामाथि बफादार भएर काम गर्नुपर्छ । कुनै पनि संरचनाले त्यो ढंगबाट प्रस्तुत हुनु हुँदैन । अनुसन्धान भइरहेकाले त्यसको स्रोतसम्म पुग्नुपर्छ । को–को संलग्न छन् र जो दोषि छन् तीसबैलाई कानूनी कठघरामा आउनुपर्छ ।’

अर्थमन्त्री महतले एमालेले संसदलाई बन्धक बनाएको आरोपसमेत लगाए‍ । 

Logo