व्यक्तिगत फाइदाका लागि बार्गेनिङ नगर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको आग्रह

व्यक्तिगत फाइदाका लागि बार्गेनिङ नगर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको आग्रह


अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीले आयातकर्ता र करदाताहरुलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि बार्गेनिङ नगर्न सचेत गराएका छन् । 

आईतबार भन्सार बिभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री महतले आयातकर्ता र करदाताहरुलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने बताएका हुन् । 

‘सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ । मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ । मैले धेरै भन्सार नाकाको भ्रमण गरे, कर्मचारीले त्यस किसिमको व्यवहार गरेर रिर्पोटिङ मन्त्रालयमा आइरहेको छ, यो गलत हो, बन्द हुनुपर्छ ।’ उनले भने ।  

बद्लिँदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुन आवश्यक भएको अर्थमन्त्री महतको भनाई छ । उनले भन्सारका कर्मचारी इमान्दार भए लक्ष्यको शतप्रतिशत राजस्व संकलनमा सफलता प्राप्त हुने बताए। 

Logo