कांग्रेस बैठकमा सांसद शर्माले भने- गृहमन्त्रीको राजीनामाबाट ब्याक हुन्रँ

कांग्रेस बैठकमा सांसद शर्माले भने- गृहमन्त्रीको राजीनामाबाट ब्याक हुन्रँ


प्रमुख सत्तासाझेदार दल कांग्रेसका सांसद डा. सुनिल शर्माले सुन तस्करी प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नेबाट आफू पछि नहट्ने बताएका छन् । 

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसद शर्माले आफू गृहमन्त्रीको राजीनामाको अडानबाट ब्याक नहुने बताएका हुन् ।उनले भने, ‘अब गृहमन्त्रीको राजीनामाबाट म ब्याक हुन सक्दिनँ । अर्थमन्त्रीबारे सोच्नसक्छु ।’

एक क्विन्टल सुन बरामद भएको विषयलाई लिएर संसदमै उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए । पछि पनि लगातार उनले गृहमन्त्री र अर्थ मन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएका थिए । 

आफूलाई उत्तर कोरियाको शैलीमा पक्राउ गरिएको बताएका सांसद शर्माले बैठकमा भने ‘यो आतंककारी सरकारको बारेमा जानकारी गराउन चाहन्छु, यो सरकारमा हामी छौँ कि छैनौँ ? म कांग्रेसको सांसद हुँ, मैले सुन तस्करी गरेको छैन, मैले मान्छे मारेको छैन, हातपात नगर्नुस् भन्दा दुईपटक हातपात गर्नुभो ।’ अबकाे संसद् बैठकमा बोल्न समय नदिए विद्रोह गर्ने चेतावनी पनि उनले दिए । 

Logo