रिद्धिसिद्धि सिमेन्टकाे मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर छात्रवृत्ति कार्यक्रम सम्पन्न

रिद्धिसिद्धि सिमेन्टकाे मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर छात्रवृत्ति कार्यक्रम सम्पन्न


रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षितगरी आयोजना गरेको “मकवानपूर स्मार्ट स्टुडेण्ट अफ द इएर २०८०” को छात्रवृत्ति कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकाे छ ।

छात्रवृत्ति कार्यक्रममा कुल १०९ विद्यार्थीहरु सहभागी भएका थिए । 

रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धिसिद्धिले आयोजना गरिएको कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगितामार्फत पिप्ले रंगशालामा बृहत कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममा मकवानपुरबाट एसईई परीक्षामा ४ जिपिए ल्याएकी डौफिन मगरलाई सम्मान स्वरूप नगद १० हजार १ रुपैयाँ प्रदान गरिएको थियो । साथै कार्यक्रममा सुरक्षा प्रदान गरिदिने जिल्ला प्रहरी कार्यालय मकवानपुर, शैक्षिक विज्ञं तथा अनुगमन निकायअन्तर्गत जिल्ला शिक्षा ईकाई समिति, हेटौंडा उपमहानगरपालिका वडा नं ५ को समन्वयमा स्थान उपलब्द गराई दिने पिप्ले युवा क्लव तथा सन्चो हस्पिटलबाट मेडिकल सहयोग गर्नेलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । 

कार्यक्रमअन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा ५ हजार रुपैयाँ, दोश्रो हुनेलाई ३ हजार ५ सय रुपैयाँ, तेश्रो हुनेलाई २ हजार ५ सय रुपैयाँ साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा १ हजार ५ सय एक वर्षसम्म उपलब्ध गराउने छ ।

एसईई परीक्षामा उपलब्ध अङ्क, दौड प्रतियोगिता साथ IQ परीक्षामा सोधिएका सम्पूर्ण अंकहरु जोडी उत्कृष्ट ११ स्मार्ट विद्यार्थीहरु चुनिने छन् । उक्त कार्यक्रममा भाग लिएका विद्यार्थीहरुको नतिजा यही भाद्र १ गते शुक्रबार कम्पनीको आधिकारिक वेवसाईट (www.riddhisiddhicements.com) तथा फेसबुक पेजमा  (https://www.facebook.com/RiddhiSiddhicements) प्रकाशित गरिनेछ ।

Logo