जनमत पार्टी दोस्रो पटक सरकारमा सहभागी हुँदै, अनिता देवीले आज सपथ लिने

जनमत पार्टी दोस्रो पटक सरकारमा सहभागी हुँदै, अनिता देवीले आज सपथ लिने


सिके राउत नेतृत्वको जनमत पार्टी पुनः सरकारमा सहभागी हुने भएको छ।

जसअनुसार जनमत पार्टीबाट मन्त्री सिफारिस भएकी अनितादेवी साहले आज पद तथा गोपनियताको शपथ लिने भएकी छिन्। शितल निवासस्थित राष्ट्रपति कार्यालयमा बिहान १०ः०० बजे उनले पद तथा गोपनियताको सपथ लिने जनाइएको छ।

सरकारको नेतृत्व गरिरहेको पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई  फिर्ता बोलाएसँगै जनमत पार्टीकी साह मन्त्री नियुक्त हुन लागेकी हुन्।

हिजो बसेको माओवादीको पदाधिकारी बैठकले सामान्य प्रशासन मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरे पछि नवनियुक्त मन्त्री साहलाई प्रधानमन्त्री दाहालले सोही मन्त्रालयको जिम्मेवारी दिनेछन् कि अर्को? भन्ने अझै निर्क्याैल भने हुन सकेको छैन। 

Logo