४० दिनपछि अमेजनको जंगलमा जिवितै भेटिएका बालबालिकाको बाबु यौन शाेषणकाे आरोपमा पक्राउ

४० दिनपछि अमेजनको जंगलमा जिवितै भेटिएका बालबालिकाको बाबु यौन शाेषणकाे आरोपमा पक्राउ


ल्याटिन अमेरिकी देश कोलम्बियामा गत मे १ मा भएको विमान दुर्घटनाको ४० दिनपछि  चार जना बालबालिका जीवितै भेटिएपछि उनीहरुको समाचार विश्वव्यापी बनेको थियो।

तर, अहिले यी दुई बालबालिकाका बाबुमाथि भने घरेलु यौन शाेषणाको आरोप लागेको खबर सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार आफ्नै सौतेली छोरीमाथी यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई हाल पक्राउ गरिएको छ। उनीमाथी कोलम्बिया प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

अभियुक्त म्यानुएल रानोकेले आफ्नो सौतेली छोरीमाथी निरन्तर रुपमा यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भए पछि विश्व स्तब्ध भएको छ। केही महिना अघि भएको अमेजनको जंगलमा भएको बिमान दुर्घटनामा परी रोआनोकेले आफनो श्रीमती गुमाएका थिए, सो विमान दुर्घटनामा परे पनि ४० दिन पछि चारजना बालबालिका जिवितै फेला परेपछि विश्वभरीको मिडियामा कयौं दिनसम्म ‘हेडलाइन’ बनेको थियो।  

रोयटर्सका अनुसार म्यानुएल रोआनोकलाई आफ्नी १३ वर्षीया सौतेनी छोरीले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। उनलाई गत शुक्रबार पक्राउ गरिएको हो। उनी १० वर्षकी हुँदादेखी नै उनले आफ्नो सौतेनी छोरीलाई दुर्व्यवहार गर्दै आएको थिए। यद्यपि रोयटर्सले रोआनोके वा उनका वकिलसँग धेरै पटक कुरा गर्ने प्रयास गरे तर उनीहरूसँग कुरा हुन नसकेको जनाएको छ।

विमान दुर्घटनामा उद्धार पछि चार बालबालिका एक महिनाभन्दा बढी समयदेखि अस्पतालमा भर्ना भएका थिए। यस समयदेखि उनी कोलम्बियाको परिवार कल्याण संस्थानको हेरचाहमा छन्।

स्मरणरहोस्,उनका छोराछोरी चढेको विमान कोलम्बियाको काक्वेटा प्रान्तको घना जङ्गलमा दुर्घटनाग्रस्त भएको थियो। जसमा पाइलटसहित तीन वयस्क यात्रुको मृत्यु भएको थियो। तर, चार निर्दोष बालबालिका जिउँदै फेला परेका थिए।

Logo