करिज्मा एक्सएमआर लन्च हँदै

करिज्मा एक्सएमआर लन्च हँदै


मोटरसाइकल करिज्मा फेरि बजारमा आउने भएको छ । हिरो मोटोकर्पले एकपटक बन्द गरिसकेको हिरो करिज्मालाई अब एक्सएमआर ब्रान्ड नेममा उपलब्ध गराउने तयारी गरेको हो ।

हालै सार्वजनिक भएको मोटरसाइकलको एक टिजर अनुसार नयाँ करिज्माको डिजाइन पनि पूर्ण रूपमा नयाँ हुनेछ । साथै यसलाई थप गतिशील र स्पोर्टी लुक दिइएको छ । 

कम्पनीले नयाँ करिज्मामा पहिलेको भन्दा राम्रो र २१० सीसी लिक्विड कुल्ड इन्जिन दिन सक्नेछ । जसमा सिक्स स्पिड गियर ट्रान्समिसन दिइनेछ। यस इन्जिनको साथमा बाइकले २५ बीएचपी पावर र ३० एनएम टर्क जेनेरेट गर्नेछ । यो बाइकमा नयाँ इन्जिन र नयाँ डिजाइनको साथसाथै यसमा धेरै स्पेशल फिचर्स पनि उपलब्ध हुनेछन् । यस बाइकमा डुअल च्यानल एबीएस, दुवै पाङ्ग्रामा डिस्क ब्रेक, फुल डिजिटल स्पिडोमिटर, यूएसडी फोर्क्स, एलईडी लाइट, एलईडी टर्न इन्डिकेटर, एलईडी डीआरएल, ब्लुटुथ कनेक्टिभिटीलगायत सुविधाहरू रहेको बताइएको छ । 

हाल यसको मूल्य सार्वजनिक नभए पनि १ लाख ५० हजार भारुको हाराहारी हुने अनुमान गरिएको छ । सन् २०१७ मा उत्पादन बन्द गरिएपछि फेरि अहिले नयाँ रुपमा करिज्मा एक्सएमआर आगामी अगस्ट २९ मा लन्च गर्ने कम्पनीको तयारी छ । 

Logo