न्याय माग्न सिंहदरबार पुगेका पीडितमाथि प्रहरीको ज्यादती, २० जना पक्राउ

न्याय माग्न सिंहदरबार पुगेका पीडितमाथि प्रहरीको ज्यादती, २० जना पक्राउ


जनकपुरकी २२ वर्षीया आरती साहलाई न्याय दिनुपर्ने माग गर्दै सिंहदरबार दक्षिण गेटमा पुगेका २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रहस्यमय रुपमा ज्यान गुमाएकी जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोककी  साहलाई न्यायदिनु पर्ने भन्दै सिंहदरबार दक्षिण गेट अगाडि बसेका पीडितहरूलाई प्रहरीले धरपकड गरेको हाे। मृतक आरतीका लागि न्याय माग्दै सिंहदरबार दक्षिण गेट पुगेका पीडितका परिवार र आफन्तमाथि धरपकड गरेको प्रहरीले १८ जनापुरुष र २ जना महिलासहित २० जनालाई नियन्त्रणमा लिएको छ । 

गत ७ जेठमा आफ्नै घरमामृत भेटिएकी आरतीको हत्या भएको गरिएको भन्दै पीडितका आफन्तले घटना भएको तीन महिना हुन लाग्दा पनि न्याय नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । 

आरती हत्याको आरोपमा परेको जाहेरीको आधारमा श्रीमान् मोतीबाबु साह र ससुरा मदनमोहन अहिले पुर्पक्षका लागि थुनामा छन्। बाबुछोरालाई नै गत असार ५ गते जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।हत्या आरोपमा आरतीको माइतीपक्षले उनको श्रीमान, ससुरा मदनमोहन, सासु रेनु देवी र देवर रवि साहविरुद्ध ज्यानसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएका थिए। आरतीको सिंगो परिवारका सदस्यलाई बयानको लागि बोलाएर यातना दिएको भन्दै धनुषाका प्रहरी प्रमुख (एसपी) र डीएसपीसहित प्रहरीहरूविरुद्ध पनि मृतकका आफन्तले गत असारमा किटानी जाहेरी दिएका छन् । 

Logo