सांसद खतिवडाको प्रश्न- राज्य संयन्त्रलाई कमजोर बनाएर एमालेले के गर्न खोजेको ?

सांसद खतिवडाको प्रश्न- राज्य संयन्त्रलाई कमजोर बनाएर एमालेले के गर्न खोजेको ?


नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कानूनले चिनेका राज्यका संयन्त्रलाई कमजोर बनाउने कार्य गर्न नहुने बताएका छन् । 

सोमबार प्रतिनिधि सभाको बैठक स्थगित भएपछि पत्रकारहरुसंग कुराकानी गर्दै सांसद खतिवडाले राज्य संयन्त्रलाई कमजोर बनाएर के गर्न खोजिएको हो भन्ने प्रश्न पनि गरे । उनले भने, ‘एमाले आफू सत्तामा हुँदा राज्यका संयन्त्र आफैले बनाएका हुन्, ती संयन्त्रलाई कमजोर बनाउन लाग्नु भयो भने मुलुकलाई बचाउने कसले हो ? ’

केपी ओलीको पालामा पनि सुन तस्करी नेपालमा धेरै भएको दावी गर्दै सांसद खतिवडाले यो त्यहीको निरन्तर भएको दावी गरे । 

Logo