सभामुखले पक्षपातपूर्ण व्यवहार गरे, सदन हाइज्याक भयोः रवि लामिछाने

सभामुखले पक्षपातपूर्ण व्यवहार गरे, सदन हाइज्याक भयोः रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा सभामुखले पक्षपाति व्यवहार गरेको आरोप लगाएका छन् । 

सोमबार सदन अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले सभामुखको क्रियाकलापले सदन हाइज्याक भएकाे आराेप लगाएका हुन् । ‘संसद हाइज्याक गर्न पाइदैन । त्यो सम्मान कायम राख्न सक्नु पर्छ दल छोडेर संसद छिरिसकेपछि । दलको बन्न पाइदैन ।  व्यवहारले पनि पाइदैन । क्रियाकलापले पनि पाइदैन् । भित्रिरुपमा पनि पाइदैन् बाहिरि रुपमा पनि पाइदैन ।’ उनले भने, ‘यसले लोकतन्त्रको मान्यतामाथि कुठारा घात हुन्छ । ठुलो ठेस लाग्छ ।’  

नियोजितरूपमा सदन हाइज्याक गरेर जनताका आवाज उठान गर्न नसकिएको भन्दै सभापति लामिछानेले आफ्नो पार्टीले गम्भीर ढंगले त्यसको जवाफ दिन बाध्य हुने चेतावनी दिए ।

Logo