नेयमार साउदी प्रो लिग क्लबमा जाने

नेयमार साउदी प्रो लिग क्लबमा जाने


ब्राजिलियन फरवार्ड नेयमार साउदी प्रो लिग खेल्ने भएका छन्। पेरिस सेन्ट जर्मेन (पिएसजी) र साउदी प्रो लिग टोली अल हिलालबीच नेयमारलाई लिएर सम्झौता भएको छ।

९० मिलियन युरो र थप बोनससहित नेयमारलाई भित्राउन अल हिलाल तयार भएको हो। ३१ वर्षे नेयमारसँगको सम्झौता स्वास्थ्य परिक्षण र कागजी प्रक्रियापछि पूरा हुने बताएको छ।

नेयमार सन् २०१७ मा बार्सिलोनाबाट विश्व कीर्तिमान रकम २ सय २२ मिलियन युरोमा पिएसजी पुगेका थिए। शनिबबार लोरियन्टसँग लिग वानको टोलीको पहिलो खेलमा नेयमार पिएसजीमा समावेश थिएनन्। टोलीका नयाँ प्रशिक्षक लुइस इन्रिकेले पनि नयाँ सिजनका लागि नेयमार आफ्नो योजनामा नरहेको बताएका थिए।

नेयमारले अल हिलालबाट बार्षिक १ सय ५० मिलयन युरो प्राप्त गर्नेछन्। जुन रकम पिएसजीको भन्दा छ दोब्बर रहेको छ। पिएसजीमा १ सय ७३ खेल खेल्ने क्रममा उनले १३ उपाधि जितेका थिए।

जस उनी ५ पटक लिग वान च्याम्पियन बनेका थिए। सन् २०२० मा नेयमार सम्मिलित पिएसजी च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो।पिएसजीमा रहँदा उनी अनेकौं पटक चोटग्रस्त भएका थिए।

उनको गत मार्च शल्यक्रिया भएको थियो भने त्यसपछि उनी सिजनभर मैदान बाहिर रहेका थिए। जुलाईबाट उनी अभ्यासमा फर्केका थिए। सन् २०२२ को विश्व कपमा पनि पहिलो खेलमा चोट ग्रस्त भएपछि उनले दुई खेल गुमाएका थिए।

Logo