यी हुन् विश्वमा सबैभन्दा बढी पर्यटक भित्रिने १० राष्ट्र, नेपालमा कति पर्यटक भित्रिन्छन् ? [भिडियाेसहित]

यी हुन् विश्वमा सबैभन्दा बढी पर्यटक भित्रिने १० राष्ट्र, नेपालमा कति पर्यटक भित्रिन्छन् ? [भिडियाेसहित]


नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा पछिल्लो ६ महिनामा ४ लाख ७६ हजार ४ सय ८१ जना पर्यटक भित्रिएका छन्। यो कोभिड महामारीका समयको तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो। 

विश्वमा कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको पर्यटन व्यवसाय सन् २०२३ मा ‘रिकभर’ हुने अवस्थामा पुगेको हो। बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म कुल पाँच लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए।

नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा पछिल्लो ६ महिनामा ४ लाख ७६ हजार ४ सय ८१ जना पर्यटक भित्रिएका छन्।

तर कोरोना महामारी सुरु भएको वर्ष सन् २०२० को सोही अवधिमा पर्यटक आवागमनमा उल्लेख्य कमी आउँदै दुई लाख ३० हजार ८५ जनामा सीमित भयो। सन् २०२१ मा १ लाख ५० हजार ९६२ र सन् २०२२ मा ६ लाख १४ हजार ८६९ जना विदेशी पर्यटक नेपाल आए। कोरोना माहामारी कम हुँदै गएपछि नेपाललगायत विश्वभर पर्यटकको संख्यामा वृद्धि हुँदै गएको तथ्याङ्कले देखाएको छ। 

विश्व पर्यटन संगठनका अनुसार वर्ष २०२२ मा विश्वभर कुल ९१७ मिलियन पर्यटकले विभिन्न देशहरु घुमेका थिए। जसमध्ये सबैभन्दा धेरै पर्यटक भित्रिने १० राष्ट्रहरुमा फ्रान्स पहिलो नम्बरमा छ।

सन् २०२१ मा १ लाख ५० हजार ९६२ र सन् २०२२ मा ६ लाख १४ हजार ८६९ जना विदेशी पर्यटक नेपाल आए। कोरोना माहामारी कम हुँदै गएपछि नेपाललगायत विश्वभर पर्यटकको संख्यामा वृद्धि हुँदै गएको तथ्याङ्कले देखाएको छ। 

४८ दशमलब ४ मिलियन पर्यटकले फ्रान्सको भ्रमण गरेको संगठनको तथ्याङ्क छ। त्यस्तै, मेक्सिकोमा ३१.९ मिलियन, स्पेनमा ३१.२ मिलयन, टर्कीमा २९.९, इटलीमा २६.९, अमेरिकामा २२.१, ग्रिसमा १४.७, अस्ट्रियामा १२.७, जर्मनीमा ११.७ र यूएईमा ११.५ पर्यटक पुगेका थिए। छिमेकी राष्ट्रहरु भारतमा सन् २०२२ मा ६.१९ मिलियन र चीनमा २५ लाख पर्यटकले सोही वर्ष भ्रमण गरेका थिए। 

रिपोर्टका अनुसार वर्ष २०२१ को तुलनामा विश्वभर पर्यटनहरुको संख्यामा उच्च वृद्धी आएको छ। फ्रान्समा सन् २०२१ को तुलनामा सन् २०२२ मा १६.१ प्रतिशतले पर्यटक बढेका छन्।

मेक्सिको र टर्कीमा ६४ र ८२ प्रतिशतले पर्यटकमा वृद्धि आएको छ। अस्ट्रिया र जर्मनीमा भने सन् २०२१ को तुलनामा सन् २०२२ मा पर्यटकको संख्यामा १५ प्रतिशतले हस आएको तथ्याङ्क छ। 

विश्व पर्यटन ब्यारोमिटरको रिपोर्टअनुसार वर्ष २०१९ मा विश्वभर १.५ मिलियन पर्यटकले विभिन्न देशहरु घुमेका थिए। दुई वर्षका लागि भने कोरोना कहरका कारण विश्वमै पर्यटन व्यवसाय ठप्प बनेको थियो। रिपोर्टमा सन् २०१९ को विश्वव्यापी कोरोना कहरपछि वर्ष २०२२ को पर्यटनमा ६४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। 

रिपोर्टका अनुसार वर्ष २०२१ को तुलनामा विश्वभर पर्यटनहरुको संख्यामा उच्च वृद्धि आएको छ। फ्रान्समा सन् २०२१ को तुलनामा सन् २०२२ मा १६.१ प्रतिशतले पर्यटक बढेका छन्।

 अन्तर्राष्ट्रिय पर्यटन बोर्डका अनुसार सन् २०२२ मा युरोपमा मात्रै ५८५ मिलियन, अमेरिकामा १४२.४ मिलियन तथा मध्यपूर्व र एसियामा समान ६०.३ मिलियन पर्यटकहरु भित्रिएका थिए। रिपोर्टका अनुसार फ्रान्सको जिडिपीको १० प्रतिशत हिस्सा पर्यटन क्षेत्रले धानेको छ। मेक्सिकोको पनि ८ प्रतिशत हिस्सा पर्यटन क्षेत्रको छ। 

विश्वमै सन् २०१९ को कोरोनापछि पर्यटकहरु विभिन्न देशहरुमा गएर घुम्न रुचाइरहेका छन्। जसले गर्दा पर्यटन व्यवसायमै निर्भर धेरै राष्ट्रहरु पुनः चलायनमान अवस्थामा पुगेका छन्। मानिसहरु पनि नयाँँ देश र नयाँपनको अनुभव लिन विकसितदेखि अर्ध र अल्पविकसित मुलुकलाई आफ्नो तन्तव्य बनाइरहेका छन्।   

 

Logo