मोटरसाइकल किन्न जब चिनियाँ युवकले पुर्ख्यौली सम्पति आधा मूल्यमा बेचे

मोटरसाइकल किन्न जब चिनियाँ युवकले पुर्ख्यौली सम्पति आधा मूल्यमा बेचे


चीनमा एक युवकले मोटरसाइकल किन्न आफ्नो पुर्ख्यौली घर आधा मूल्यमा बेचेका छन्। साउथ चाइना मर्निङ पोष्टका अनुसार ती युवकले १० लाख युआनमा घर बेचेका थिए।

तर, यसबारे जानकारी पाए लगत्तै केटाका परिवारले कानूनी प्रक्रियाअनुसार सम्झौता रद्द गरेका छन्। चिनियाँ समाचार आउटलेटका अनुसार यो मुद्दा मध्य चीनको हेनान प्रान्तको हो, यो मुद्दा अदालतमा आएपछि चर्चामा आएको थियो।

अदालतले सियाओहुआ नामका एक युवक र दुईजना सम्पत्ति व्यवसायी बीच भएको सम्झौताको कागज जाँच गरी अवैध घोषणा गरेको छ। आमाबाबुले मोटरसाइकल किन्न अस्वीकार गरेपछि किशोरले आफ्नो हजुरबुवाबाट विरासतमा पाएको सम्पत्ति बेच्ने निर्णयमा पुगेका थिए।

अभिभावकले ती युवकलाई बाइक दिन अस्वीकार गरिररहेका थए। अभिभावकले नमानेपछि युवकले हजुरबुवाको जग्गा बिक्री गर्न व्यापारीसँग सम्पर्क गरे। समाचार अनुसार १९ वर्षीयाले ती युवकले घर ७२ हजार डलरमा बेच्न उक्त सम्झौता गरेको खुलेको छ। तर,उक्त जग्गा डिलरले किनेर अर्को पार्टीलाई बेचिदिए।

त्यसपछि आमाबाबुको तर्फबाट अदालतमा अपील गरेपछि अदालतले सियाओहुआको बालिश व्यवहारमा आश्चर्य व्यक्त गर्यो। उनको आमाले अदालतमा जोड दिए कि यो एक खराब सम्झौता थियो। त्यसपछि न्यायाधीशले बिक्रीको निरीक्षण गरे र किशोर र एस्टेट एजेन्टहरूबीचको कुराकानी पनि सुने।

अदालतले किशोरलाई जग्गाको बजार मूल्यबारे जानकारी नभएको निष्कर्ष निकालेको छ। सम्पत्ति एजेन्टले उनलाई धेरै सस्तो मूल्यमा बेच्न उक्साएको अरोपसमेत लागेको थियो।

Logo