मुख्यमन्त्रीकाे जवाफ नआएपछि एमालेद्वारा कर्णालीमा प्रदेशसभा बैठक अवरुद्ध

मुख्यमन्त्रीकाे जवाफ नआएपछि एमालेद्वारा कर्णालीमा प्रदेशसभा बैठक अवरुद्ध


कर्णाली प्रदेश सभाको मङ्गलबार बसेको बैठक अवरुद्ध भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले संसदमा जवाफ नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध गरेको हो । 

सोमबार बसेको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले दुईवटा विषयमा समस्या समाधानको योजनासहित मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग राखेका थिए ।

माग राख्ने क्रममा उनले आगामी पहिलो बैठकमै जवाफ नदिए बैठक अवरुद्ध गर्ने चेतावनी सोमबारै दिएका थिए । बाढी, पहिरो, डुबान र हवाई सेवा उडान सम्बन्धी समस्या समाधानको योजना सहित सभामा प्रस्तुत हुनुपर्ने माग राखिएको छ । 

अविरल वर्षातका कारण विभिन्न क्षेत्रमा बाढी पहिरो र डुबान भइरहेको छ । त्यस सम्बन्धमा सरकारले विशेष योजना बनाउनुपर्ने माग छ । विमानस्थल कार्यतालिको बमोजिम नागरिक उडड्यन प्राधिकरणले हवाई सेवा उडान गर्ने निर्णय गरेको छ । हिमाली जिल्लाका नागरिक पीडामा परेको भन्दै त्यसको विरोध जनाएका छन् । यस विषयमा ठोस योजना प्रस्तुत हुनुपर्ने सांसदहरुको माग छ । 

प्रदेशसभाको बैठक बिहीबार ३ बजेसम्मका लागि स्थगित भएको छ ।

Logo