स्वास्थ्यमन्त्री बस्नेत भारत प्रस्थान

स्वास्थ्यमन्त्री बस्नेत भारत प्रस्थान


स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत भारतको गान्धी नगरमा हुने डब्लुएचओ डिक्लेरेसनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।

मंगलबार भारत भ्रमण प्रस्थान गर्नुभन्दा अगाडी त्रिभुवन विमानस्थलमा पत्रकारसंग मन्त्री बस्नेतले भने- ‘गुजरातमा डब्लुएचओले आयोजना गरेको गान्धीनगर डिक्लेरेशन २०२३मा नेपालको तर्फबाट हाम्रो टिमले प्रतिनिधित्व गर्दैछ ।’ यो कार्यक्रममा साउथ एसियाका १० वटा राष्ट्रहरुको उच्च तहका राजनीतिक सहभागिता रहने उनले बताए ।

आगामी महिना हुने राष्ट्रसंघको राष्ट्रिय सम्मेलनमा क्षयरोग प्रमुख एजेण्डाको रुपमा रहने भन्दै उनले यो सम्मेलन त्यसको तयारीका लागि महत्वपूर्ण हुने उनको विश्वास छ । 

उनले भने, ‘आगामी महिना युएनको जेनरल एसेम्लीमा टिविको एजेण्डा प्रमख एजेण्डा रहने हुँदा युएन हाईलेवल मिटिङको पूर्व तयारीकोरुपमा पनि लिएका छौं । नेपालले पनि राष्ट्रिय स्तरमा क्षयरोगको अन्त्य गर्न उच्च प्राथमिकता राखेको  छ ।’ सो क्रममा भारतीय स्वास्थ्यमन्त्री लगायतसंग भेटवार्ता हुने उनले जानकारी दिए । 

Logo