च्यासलमा अध्यक्ष ओली र भीम रावलबीच भेटवार्ता

च्यासलमा अध्यक्ष ओली र भीम रावलबीच भेटवार्ता


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच छलफल भएको छ । पार्टीमा असन्तुष्ट रहेका नेता रावलले च्यासलमा पुगेर अध्यक्ष ओलीलाई भेटेका हुन् । 

पार्टीको १० औं राष्ट्रिय महाधिवेशनयता अध्यक्ष ओलीसँग सम्बन्ध राम्रो नभएका रावल त्यसयता पार्टी काममा समेत सक्रिय छैनन् । उक्त महाधिवेशनमा रावलले ओलीको चाहानाविपरित उनीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए । त्यसपछि उनले चुनावको टिकटसमेत पाएनन् । 

आज दुई नेताबीचको छलफललाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

Logo