लमजुङमा महिला उद्यमी बढ्दै

लमजुङमा महिला उद्यमी बढ्दै


लमजुङ जिल्लामा एक वर्षमा २ सय ९१ घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/८० को एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा दुई सय ९१ नयाँ उद्योग दर्ता भएका हुन् । दर्तामध्ये १ सय ५१ महिला उद्यमीको नाममा उद्योग दर्ता भएका छन् भने १ सय ४० जना पुरुष उद्यमीको नाममा उद्योग दर्ता भएको छ ।

बेँसीसहर बजार, सुन्दरबजार, भोटेओडार, सोती पसल भोर्लेटारलगायत स्थानमा उद्योग,व्यवसाय तथा पसल गर्नेको सङ्ख्या बढिरहेकाले नयाँ उद्योग दर्ता पनि बढेको पर्यटन तथा उद्योग कार्यालय लमजुङकी प्रमुख मिताकुमारी थापाले बताइन् ।

थापाका अनुसार दर्ता भएकामध्ये अधिकांश कृषि फर्म, सिलाइकटाइ, अलैँची, ब्युटिपार्लर, कृषि औजार, मौरीपालन, बङ्गुर फर्म, दालमोठ उद्योग, पर्यटन उद्योग लगायत छन् । यस्ता उद्योगहरुमा पुरुषको तुलनामा महिला उद्यमीहरु धेरै भएको प्रमुख थापाको भनाइ छ ।

पुरुषहरू कमाउनको लागि बैदेशिक रोजगारीमा जाने, महिला नाममा उद्योग दर्ता गर्न आधा रकम छुट, बैंकहरुले महिला उद्यमीहरुलाई सरल र सस्तो व्याजमा ऋण उपलब्ध गराउनुले पनि जिल्लामा महिला उद्यमीको संख्या बढेको थापाको बताइन् । यस अवधिमा ३ सय ९८ घरेलु उद्योगको नवीकरण भएको छ भने वाणिज्यतर्फ दुई सय आठ नयाँ दर्ता भएका छन् भने ५ पाँच सय १८ को नवीकरण भएको छ ।

कार्यालयमा ५ हजार ६ सय ५५ उद्योग दर्तामा छन् भने ५ जार ३ सय ४६ बाणिज्य तर्फका उद्योग दर्र्ता भएको छ । हाल कार्यलयमा स्थापनाकालदेखि हाल सम्मको दर्ता भएका उद्योगहरुलाई सफ्टवयर प्रणालीमा दर्ता गर्ने काम भै रहेको प्रमुख थापाले बताइन् ।

मन्त्रालयले उद्योग, बाणिज्य र प्रशासन सम्वन्धी सफ्टवयरको निमार्ण गरेको हालसम्मका सवै डाटाहरुलाई अनलाइन सफ्टवयरमा भर्ने काम भै रहेको कार्यालयले जनाएको छ ।

Logo