धरानमा गोरु काटेर भोज खाएपछि राप्रपाको आपत्ति, छानबिन गर्न माग

धरानमा गोरु काटेर भोज खाएपछि राप्रपाको आपत्ति, छानबिन गर्न माग


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले धार्मिक सद्भाव बिथोल्ने गरी भइरहेका संविधानविपरीतका गतिविधिमाथि छानबिन गर्न माग गरेका छन् । 

बुधबार सामाजिक सञ्जालमार्फत् उनले सो माग गरेका हुन् । स्वेच्छाले धर्म परिवर्तन र मान्यता बदल्न सकिने भए पनि अर्को धर्मलाई घृणा गर्ने, जबर्जस्ती धर्म परिवर्तन गर्ने/गराउने, सामाजिक सद्भाव खल्बल्याउने, द्वन्द्व निम्त्याउने र द्वन्द्वका लागि उक्साउने गतिविधि गर्न नपाइने भन्दै उनले यस्ता संविधानविपरीतका गतिविधिमाथि छानबिन गर्न माग गरेका हुन् । 

धरानमा गोरु काटेर भोज खाँदै गरेको सार्वजनिक भिडियो सामग्रीमा प्रयोग गरिएका शब्दहरु आपत्तिजनक रहेको भन्दै उनले यस्ता धार्मिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्नलाई छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेका हुन् । 

Skip This
Logo