सुरक्षा कोषको सदुपयोगले समृद्ध राष्ट्र निर्माणमा योगदान पुग्ने वरिष्ठ उपाध्यक्ष श्रेष्ठको विश्वास

सुरक्षा कोषको सदुपयोगले समृद्ध राष्ट्र निर्माणमा योगदान पुग्ने वरिष्ठ उपाध्यक्ष श्रेष्ठको विश्वास


नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अनौपचारिक क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षा कोषमा जोडिँदा समृद्ध राष्ट्र निर्माणको योजनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । 

सरकारले अनौपचारिक क्षेत्रका मजदुरलाई समेत सामाजिक सुरक्षा कोषमा जोड्ने कार्यक्रमको शुभारम्भ  सभामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यान्वयनमा थुप्रै चुनौति भएपनि सरकारले गरेको प्रयास सकरात्मक रहेको बताएका हुन् । 

‘नेपालको पूर्वाधारमा विकास निर्माणमा गर्नुपर्ने राष्ट्रिय गौरवका आयोजनामा गर्नुपर्ने, समृद्ध नेपालको लागि गर्नुपर्ने काममा कोषको सही सदुपयोग गरेर मजदुरहरुको सुरक्षाको कोषले उनीहरुलाई सुरक्षा दिँदै अगाडि बढोस् ।’ उनले भने । 

नेपालमा झण्डै ५० लाख भन्दाबढी जनशक्ति अनौपचारिक क्षेत्रमा रहेको अनुमान छ ।

Logo