सुन प्रकरणमा सरकारको उपलब्धि क्वीन्टल भनिएको सुन ६१ किलोमा झर्‍याेः अध्यक्ष ओली

सुन प्रकरणमा सरकारको उपलब्धि क्वीन्टल भनिएको सुन ६१ किलोमा झर्‍याेः अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निष्पक्ष आयोग बन्न नदिएर सरकारले ३९ किलो सुन गायब बनाएको आरोप लगाएका छन् । 

पार्टीनिकट उद्योग विभागले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक अवस्था समस्या र समाधान विषयक छलफल कार्यक्रममा अध्यक्ष ओलीले सरकारले आयोग बन्न नदिएर एक क्वीन्टल सुन ६१ किलोमा झार्न सफल भएको आरोप लगाएका हुन् । 

‘दिनमा एउटा आईटममा एक क्वीन्टलका दरले आएको देखियो । ३३ पल्ट त त्यही नाउँमा ब्रेक शुका नाममा आएको देखियो । एक दिन बाध्यता पर्यो कतैबाट समातियो । ४ सय ग्राम ब्रेक शुको वेट तर त्यो ब्रेक शु साढे ९ सय ग्राम त्यहाँ ५ सय ग्राम त्यहाँ सुन छ । सय किलो ६१ किलोमा झर्‍याे ।’ उनले भने, ‘एक क्वीन्टल भनिएको । यतिदिन सम्म आयोग बन्न नदिएर गरिएको काम के भने सय केजी बाट ६१ म झर्‍याे ।  यतिन्जेलसम्म आयोग बन्न नदिएर अहिलेसम्मको सफलता भनेको ६१ मा त झरिसक्यो ।’ 

Logo