यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य


हरियो तरकारीको मूल्यमा आज घटबढ भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि सार्वजनिक गरेको मूल्यसूचीमा च्याउ,भटमास कोशा,गाजर,सानो गोडभेँडा,सिमी, अनार,तरबुजा,लोकल नासपाति लगायत हरियो तरकारी र फलफूलमा बुधबारको तुलनामा मूल्य १० देखि ४० रुपैयाँसम्म घट्बढ भएको हो। 

बजारमा आज नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १३० रुपैयाँ तोकिएको छ। लोकल सानो गोलभेँडाको मूल्य हिजोको तुलनामा ७रुपैयाँले घटेर ७५रुपैयाँ प्रतिकेजी रहेकोछ।

सोहि गोडभेँडा हिजो प्रतिकेजी ८२ रुपैयाँमा किनबेच भएको थियो। रातो आलुको मूल्य स्थिर ५० रुपैयाँर भारतीय सुकेको प्याज प्रतिकेजी ५८ रुपैयाँ रहेको छ। आज स्थानीय काउली प्रतिकेजी २० रुपैयाँले बढेर७० रुपैयाँ पुगेको छ। 

त्यस्तै, कन्य च्याउको मूल्य हिजोको तुलनामा २० रुपैयाँ घटेर प्रतिकेजी १८० रुपैयाँ रहेको छ। डल्ले च्याउको मूल्य ४०० रुपैयाँमा स्थिर छ। गाजरको मूल्य प्रतिकेजी २० रुपैयाँले बढेर आएको छ। गाजर प्रतिकेजी ११० रुपैयाँ पुगेको छ।  घिउ सिमी लोकल ८०,भन्टा लाम्चो५०,मकै बोडी ७०, भटमास कोशा ९० रुपैयाँ तोकिएको छ।

तितो करेला ५०, लौका ६०, परवल ६०,घिरौंला ३५,फर्सी पाकेको ५०,काँक्रो लोकल ६०,भिण्डि ९०,स्कूस ७०, प्याज हरियो १५०,रायो साग ११०,कुरीलो ५०० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ।

त्यस्तै, केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य हिजोको तुलनामा स्थिर प्रतिकेजी ३५० नै कायम छ। कागती१२०, अनार प्रतिकेजी ४० रुपैयाँले घटेर आज २८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ। साथै,तरबुजा हरियो ७०, मौसम १४०,कालो अंगुर ४०० र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ। 

Logo