मर्जर व्यवस्थापनमा अब्बल ग्लोबल आइएमई बन्याे सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक

मर्जर व्यवस्थापनमा अब्बल ग्लोबल आइएमई बन्याे सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक


नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेड नामजस्तै वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर तिर्ने बैंक बनेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको हो । बैंकले गत आर्थिक वर्ष ०७९/८० मा पाँच अर्ब ४३ करोड ४४ लाख रुपैयाँ कर तिरेको छ ।  

बैंक अफ काठमाण्डूलाई गाभ्दै एकिकृत कारोबार शुभारम्भ गरेसँगै ग्लोबल आइएमई बैंकले नेपाली बैंकिङ इतिहासमा आफूलाई फरक ढंगले प्रस्तुत गरेको छ । ग्लोबल आइएमई बैंकले सफल मर्जर गराएर इतिहास कायम मात्रै गराएको छैन, मर्जरको पर्यायबाची नै बनिसकेको छ । 

मर्जर पश्चात बैंकले नम्बर वानको ताज कायमै राखेको छ । यसअघि पनि बैंकले ‘बिग मर्जर’ मर्जरको इतिहास रचेको थियो । नेपाल कमर्श एण्ड ट्रष्ट, जनता बैंक नेपाल, बैंक अफ काठमाण्डू जस्ता कमर्सियल बैंकहरुको सफल मर्जर गरेर बैंकले बैंकिङ इतिहासमै नयाँ रेकर्ड राखेको छ । यो रेकर्ड सायदै अरु बैंकहरुले तोड्लान् या के गर्लान् यो भने हेर्न बाँकी छ ।

ग्लोबल आइएमई बैंकले सफल मर्जर गराएर इतिहास कायम मात्रै गराएको छैन, मर्जरको पर्यायबाची नै बनिसकेको छ । 

यतिबेला मर्जरमा गएका अधिकांश बैंकहरुको अवस्था सन्तोजनक अवस्थामा नदेखिएको  बेला ग्लोबल आइएमई बैंकको नतिजा भने सन्तोषजनक पाइएको छ । सञ्चालक समिति तथा व्यवस्थापनले सहजरुपमा मर्जरलाई व्यवस्थापन गर्दै जाँदा अधिकांश वित्तीय सूचकहरुमा प्रतिष्पर्धी बैंकभन्दा राम्रो नतिजा ल्याउन सफल भएको बैंकको दाबी छ ।

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार आउँदो सोमबारदेखि -  Bizness News

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल यस बैंकको सञ्चालक समितिका अध्यक्ष हुन् । यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य छन्।

हाल बैंकको कुल पुँजी ५८ अर्ब ६८ करोड रुपैयाँ छ भने चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक वर्षमा सात अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । कोरोना कहरका बीचमा गत आर्थिक वर्ष ०७६/०७७ मा बैंकले ३ अर्ब १२ करोड ३४ लाख रुपैयाँ खुदनाफा आर्जन गरेको थियो।

बैंकले अघिल्लो आव २०७८/७९ मा ३ अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो। २१ वटा बैँक तथा वित्तीय संस्था मिलेर बनेको ग्लोबल आइएमई बैंकले चुक्ता पुँजीको आधारमा मुलुककै सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो स्थान बनाएको छ। 

May be an image of outdoors

सबैका लागि बैंक भन्ने नाराका साथ यस बैंकले स्थापनाको छोटो समयमै आफूलाई एक उत्कृट, सबल र विश्वसनीय बैंकका रूपमा स्थापित गरिसकेको छ । 

हाल बैंकले देशका ७७ वटै जिल्लामा शाखा रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा तीन सय ५९ शाखा, तीन सय ६२ एटिएम, तीन सय २२ शाखारहित बैंकिङ इकाइ, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै बेलायतको लन्डन, भारतको नयाँदिल्ली र अस्ट्रेलियाको सिड्नीमा गरी तीनवटा वैदेशिक सम्पर्क कार्यालयमार्फत सेवा दिइरहेको छ ।  

सबैका लागि बैंक भन्ने नाराका साथ यस बैंकले स्थापनाको छोटो समयमै आफूलाई एक उत्कृट, सबल र विश्वसनीय बैंकका रूपमा स्थापित गरिसकेको छ । 

हालै बैंक अफ काठमाण्डूसँग मर्जर भएको ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गरेको छ । यस बैंकले पहिलो पटक २०६९ असार २५ गते लर्ड बुद्ध फाइनान्स र आइएमई फाइनान्सियल संस्थासँग मर्जर गरी एकीकृत कारोबार सुरु गरेको थियो। यस्तै, कमर्स एण्ड ट्रष्ट बैंकसँग २०७० चैत २६ गते, सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंकसँग २०७० असार ३० गते मर्जर गरेको थियो।

यस्तै, २०७३ फागुन १ गते प्यासिफिक डेभलपमेन्ट बैंक, २०७४ असार २५ गते रिलायबल डेभलपमेन्ट बैंक र २०७६ भदौ १८ गते हाथवे फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार गरेको थियो। सोही वर्षको पौष ४ गते यस बैंकले जनता बैंकसँग एकीकृत कारोबार गरेको थियो। जुन वाणिज्य बैंकहरुमा बिग मर्जरको संज्ञा दिइएको थियो।

यो सँगै २०८० असार १७ मा बैंकले कर्णाली प्रदेशको डोल्पाको ठूलीभेरी नगरपालिका–३, दुनै बजारमा शाखा सञ्चालनमा ल्याएको छ । दुनै बजारमा सञ्चालनमा ल्याएको यो शाखा बैंकको २८९ औँ हो। दुनै बजारमा सञ्चालनमा ल्याइएको बैंकको २८९ औँ शाखा काठमाडौँमा रहेको बैंकको अन्य शाखा बराबर नै सुविधाको छ । यस शाखाले ग्लोबल बैंकलाई नेपालको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनाएको थियो।

‘सबैका लागि बैंक’ भन्ने अवधारणा अन्तर्गत त्यसका लागि पहुँच विस्तारमा बैंकले चालु आवको आफ्नो कार्यक्रममा लक्ष्य तय गरेको थियो।  यससँगै देशभर बैंकको सेवा केन्द्र ८७५ भन्दा बढी रहेको बैंकले जनाएको छ। 

बैंकले मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।

मुलुकभित्र मात्र नभई मुलुक बाहिर पनि यस बैंकले वैदेशिक प्रतिनिधि कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग साझेदारी गर्दै आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा दिँदै आएको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।

ग्लोबल आइएमई बन्यो सबैभन्दा बढी कर तिर्ने बैंक - क्यापिटल नेपाल :: Capital  Nepal - Nepali News Portal

यस्तै, २३२ स्थानमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवासमेत सुरु गरिसकेको छ । ग्लोबल आइएमई बैंकले ईलामको माईजोगमाई गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमासँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३२ पुगेको छ।

शाखारहित बैंकिङ्ग सेवाबाट सेवाग्राहीले निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा निकाल्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम/सीडीएमए/यूटिएल/एनटिसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको क्षेत्रमा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको जनाएको छ।

यसरी बैंकले १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट कूल ४० लाख भन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ । ग्लोबल आइएमई बैंकमा ४ हजार बढी कर्मचारी रहेका छन्।

Skip This
Logo