एमालेको मञ्चमा अब ओलीको मात्रै फोटो राख्ने निर्णय

एमालेको मञ्चमा अब ओलीको मात्रै फोटो राख्ने निर्णय


नेकपा एमालेले सार्वजनिक कार्यक्रम, मञ्चमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको मात्र फोटो राख्ने भएको छ।

गत सोमबार बसेको सचिवालय बैठकले  मञ्च सञ्चालन, प्रयोगसम्बन्धी निर्णय गरेर ओलीको मात्रै फोटो राख्न परिपत्र गरेको उपमहासचिव विष्णु रिमाले जानकारी दिएको छन्।

कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसङ्गठनहरूले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको उनले बताए।

त्यस्तै मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि र वक्ताहरूलाई दर्शकदीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने निर्णय भएको उनले बताएका छन्।

कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने निर्णय पार्टी अध्यक्ष ओलीले मङ्गलबार नै जानकारी गराएका थिए।

Logo