#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व637428737760730869312909749
नेपाल181181582221

काेराेना ‌स‌ंक्रमण: १८ हजार ५८० जनालाई स्वास्थ्य लाभ

नोबेल कोरोनाकाे स‌ंकेत देखिएका ९ देशका विरामी स्वास्थ्य लाभ गरेर घर फर्किएका छन् ।  स‌ंक्रमण देखिएका नेपाल, श्रीलंका, फिनल्याण्ड, इजिप्ट, कम्बोडिया र बेल्जियमका एक/ एक जना निकाे भएर घर फर्किसकेका हुन् ।

भारतमा ३, स्पेनमा २ र रसियामा २ मा समेत काेराेनाकाे लक्षण देखिएको थियो । शुक्रबार विहानसम्म यी ९ वटै देशका सबै बिरामी घर फर्किसकेका छन् ।

नाेबेल काेराेना देखिएका मध्ये १८ हजार ५८० जनालाई स्वास्थ्य लाभ भइसकेको छ । चीनसहित २० देशमा भने अझै पनि यो भाइरसको संकेत देखिएका छन् । यस्ता बिरामी चीनमा सबैभन्दा बढी ७५ हजार ४६५ जना छन् ।

सबै देशमा गरेर ७६ हजार ७३८ जनामा कोभिड-१९ को संकेत देखा परेको छ । त्यसमध्ये ५५ हजार ९११ जनामा मात्रै यो भाइरस सक्रिय रहेको एजेन्सीहरूले जनाएका छन् । उनीहरू मध्ये ४३ हजार ८४६ जनामा यसको हल्का असर मात्रै देखिन्छ ।

विश्वको ध्यान तानेको कोरोना भाइरसको उपचार अझै पत्ता लागिसकेको छैन । नाेबेल काेराेनाको भ्याक्सिन पत्ता लगाउन विभिन्न पहल भइरहेका छन् । अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले भने केही महिनाभित्र नाेबेल काेराेनाविरुद्धको भ्याक्सिन उपलब्ध हुन सक्ने दाबी गरेका छन् । -एजेन्सी

सम्बन्धित समाचारहरु

ताजा समाचार