#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32420147987815749823423934098
नेपाल693014531843750411

आइएसटी कलेजमा रक्तदान (भिडियोसहित)

काठमाडौं ।

आइएसटी कलेज ज्ञानेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडक्रससँगको समन्वयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १६१ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रम स्नातक तहका दोस्रो वर्ष ,तेस्रो  सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुद्वारा विषयगत शिक्षा अनुसार सामाजिक कार्यमा विद्यार्थीहरुलाई प्रेरित गर्न आयोजना गरिएको कलेजले जनाएको छ । कार्यक्रममा कलेजका विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक लगायतले रक्तदान गरेका थिए भने कार्यक्रमको उद्घाटन कलेजका प्रमुख कार्यकारी निर्देशक नरेन्द्र बज्राचार्यले गरेका थिए ।

कलेजले हरेक वर्ष गर्दै आएको यो १२ औं रक्तदान भएको कलेजकी प्रिन्सिपल सम्झना बस्न्यातले जानकारी दिइन् । हरेक वर्ष कलेजले आयोजना गर्दै आएको सामाजिक कार्यमा सहभागी भइ रक्तदान गर्न पाउदा खुशी लागेको विद्यार्थीहरुले बताए । स्नातक तह प्रथम वर्षमा अध्ययनरत आँचल अधिकारीका अनुसार कलेजको यस कार्यक्रमले विद्यार्थीलाई ज्ञानसँगै सेवामा समेत प्रेरित गरेको छ । हेरौं यो भिडियोमा

सम्बन्धित समाचारहरु