सुशासनको प्रतिवद्धतालाई पूर्णता दिन सेवा प्रवाहलाई छिटो छरितो बनाउन आवश्यक छः मन्त्री भण्डारी

सुशासनको प्रतिवद्धतालाई पूर्णता दिन सेवा प्रवाहलाई छिटो छरितो बनाउन आवश्यक छः मन्त्री भण्डारी


श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सेवा प्रवाह छिटो छरितो बनाउन सूचना प्रणालीलाई अगाडि बढाएको बताएका छन्।  शुक्रबार अनलाईन सेवा प्रवाह शुभारम्भ गर्दै मन्त्री भण्डारीले वर्तमान सरकारले अघि सारेको सुशासनको प्रतिवद्धतालाई पूर्णता प्रदान गर्न सेवा प्रवाह पनि छिटो छरितो बनाउन आवश्यक रहेको बताएका हुन्।

यस्का लागि सूचना प्रणालीलाई अगाडि बढाएको उनको भनाइ थियो। उनले भने,‘नेपालमा अहिले देखिएको समस्या समाधान गर्न प्रत्येक पालिकाको रोजगार सेवा केन्द्रलाई नै प्रमुख रोजगारको क्षेत्र बनाउँने हिसाबले विकसित गर्दै गएका छौँ, राष्ट्रिय र अन्तर्राष्ट्रिय रोजगारका सम्भावनाहरुदेखि लिएर सिप र अन्य सबै विषय पुर्‍याउने खालको योजनालिएर अगाडि बढ्न आवश्यक छ। यही कारण पनिप्रविधिको प्रयोग गरेर जनतालाई सेवा दिने हिसाबमा हामी लागेका छौँ।’ 

श्रमिकहरुको लागि काम गर्ने मन्त्रालय भएको हुनाले यो क्षेत्र पछाडि पर्न हुँदैन भनेर यो क्षेत्रलाई बलियो बनाउँन विभिन्न किसिमको क्रियाकलापहरु गर्दै आएको पनि मन्त्री भण्डारीको भनाइ थियो। 

उनले भने,‘रोजगारी पाएका नपाएका विभिन्न हिंसामा परेका, भेदभावमा परेका कुराहरु छ भने त्यो विभागमा आउँने वित्तिकै त्यसको समाधान हुन्छ। क्लब,रेष्टुरेन्ट, दोहोरी जस्ता स्थानमा शोषणको जानकारी दिने हो भने समाधान हुन्छ। हामीले बाध्यतावश पनि वैदेशिक रोजगारीमा केही वर्ष भर पर्नुपर्ने अवस्था छ यस्तो अवस्था यथार्थमा बस्नुपर्छ। ठूलो ठूलो कुरा गरेर मात्रै यो समस्या समाधान हुने वाला छैन।’ 

मन्त्री भण्डारीले वैदेशिक रोजगारीका क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन र नेपाली नागरिकहरु ठगी नपर्ने उपाय अपनाउन आवश्यक भएको चर्चा पनि गरे।उनले भने,‘सरकार राष्ट्रिय आप्रवासन नीति बनाउने तर्फ अगाडि बढेको छ। र यो नीतिले नै सबै विषयलाई समेटेर भोलिको नेपाल कसरी बनाउने भन्ने हिसाबमा लाग्नुपर्छ। विभागले आफूले कारवाही गर्ने अधिकार त्यो ७७ वटै जिल्लाको सिडियोलाई दिन गइरहेका छौँ। अहिलेको अवस्थामा एकले अर्कोलाई आरोप लगाएर केही हुँदैन, यो मुलुक बनाउनको लागि निश्चित रुपमा केही रणनीतिका कुराहरुको साथै बजारलाई सहि तरिकाले प्रयोग गरेर आफ्नो मुलुकको हितमा काम गर्न सक्छौँ। ’ 

Skip This
Logo