‘मिडियाले विनोद चौधरीले उठाएको मुद्दा लेख्छन् तर विनोद पहाडीको लेख्दैनन्’

‘मिडियाले विनोद चौधरीले उठाएको मुद्दा लेख्छन् तर विनोद पहाडीको लेख्दैनन्’


संविधान सभाका दलित सभासदहरुले दलित तथा पिछडिएका एवं सीमान्तकृत समुदायको मुद्दामा नेपाली सञ्चार माध्यम अझै पनि अनुदार भएको गुनासो गरेका छन्।

जागरण मिडियाले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा संविधानसभा सदस्यहरुले धेरै मुद्दाहरु मिडियाबाट नै ओझेलमा पारिने गरिएको बताएका हुन्।

संविधानसभा सदस्य विनोद पहाडीले आफू मिडियाबाट नै उठेको व्यक्ति भएपनि आफूले बोलेका कुरा नै सञ्चार माध्यममा नआएको गुनासो गरे। उनले विनोद पहाडीको भन्दा पनि विनोद चौधरीको बोलीले सदैव महत्व पाएको बताए।

उनले भने,‘महिलाका मुद्दा, जनताका, दलितका मुद्दा र सीमान्तकृत समुदायका मुद्दा कहिले पनि समेटिएन, विनोद चौधरीले बोलेको मुद्दाले महत्व पायो मिडियामा तर विनोद पहाडीको आवाज कहिले पनि समेटिएनन्। 

यस्तै संविधानसभा सदस्य कमला विश्वकर्माले कसरी हुन्छ बरु खसाल्न खोजियो तर दलित महिलाले संविधान सभामा उठाएका विषयमा मिडियामा नसमेटिएको गुनासो गरिन्। तर उनलेपछि मिडियाको धारणा परिवर्तन भएको र आफहरुको पनि आवाज समेटिन थालेको बताइन्।

उनले भनिन्,‘१० वर्षे जनयुद्ध, आन्दोलन र सबै क्षेत्रका आन्दोलनले गर्दा आज हामी यो अवस्थामा आएका छौँ। संविधानसभामा जो महिला जुन अवस्थाबाट उठेर पुगे त्यो आफैंमा गौरवको पक्ष हो, तर सबैको आवाज समेटिएन।’ कार्यक्रमको आयोजना गरेको जागरण मिडिया सेन्टर सन् २००० मादलित समुदायका सञ्चारकर्मीहरुको पहल कदमीमा स्थापित गैरसरकारी संस्था हो । 

Logo