टिप्पणी उठाउनेको हातमा हत्कडी लगाएर मुलुक भ्रष्टाचारमुक्त हुन्नः मन्त्री गुरुङ

टिप्पणी उठाउनेको हातमा हत्कडी लगाएर मुलुक भ्रष्टाचारमुक्त हुन्नः मन्त्री गुरुङ


कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकमा भ्रष्टाचार रोक्न टिप्पणी उठाउनेको हातमा हत्कडी लगाउन नहुने बताएका छन्। 

शुक्रबार काठमाडौँमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधानअधिवेशन २०८० उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले मुलुकमा सुशासन पहिलो शर्त हुनुपर्ने बताएका हुन्।

उनले भने, ‘यो मुलुकमा शुसासन स्थापना गर्नको लागि, यो मुलुकलाई भ्रष्टचार मुक्त बनाउनको लागि टिप्पणी उठाउनेहरुको हातमा मात्र हत्कडी लगाएर शुसासन स्थापना हुँदैन्। ’ 

मन्त्री गुरुङले भाषण भन्दा पनि काम गर्न पर्ने बेला आएको र व्यवहारिक काम गरेर विभिन्न समस्याहरुसँग लड्नुपर्ने बताए। उनले भने, ‘मुलुक सुधार्न आफै सुध्रिन आवश्यक छ। आफैंले व्यवहारिक भएर देखाउनुपर्छ। भाषण त सबैले गर्छन् भाषण गरेर कोही पनि थाक्दैनन्। भाषणले मात्र चिउरा भिज्दैन नी ? त्यसैले अहिले हामीले गफ भन्दा पनि काम गर्नुपर्ने बेला आएको छ।’

Logo