#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व103032454207756221219896
नेपाल6051

भ्रष्टाचारीलाई कारवाही गर्न नेविसङ्घको माग

काठमाडौं ।
नेपाल विद्यार्थी सङ्घले भ्रष्टाचारीलाई कारवाही गर्न माग गर्दै विरोध गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले शुक्रबार आयोजना गरेको विरोध कार्यक्रममा नेविसङ्घले भ्रष्टाचारीलाई संरक्षण नगर्न सरकारलाई आग्रह गरेको हो ।

कार्यक्रममा नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले जनताले तिरेको करले भ्रष्टाचार गर्न नपाइने बताए। “भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको सरकारका मन्त्रीमाथि नै भ्रष्टाचारको आरोप लाग्नु दुःखद् कुरा हो,” उनले भने। अध्यक्ष ढुङ्गानाले बहुमत प्राप्त सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप समेत लगाए । उनले सरकारले पुस्तकमा १० प्रतिशत शुल्क बढाएर विद्यार्थीलाई समस्या पारेको बताए।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले मन्त्रीको राजीनामाले मात्र भ्रष्टाचार उन्मूलन नहुने भन्दै भ्रष्टाचार गर्ने मन्त्रीलाई कानूनी कारवाही गर्नुपर्ने बताए । नेविसङ्घका महामन्त्री युवराज पाण्डे, बलदेव तिमल्सेनालगायतले भ्रष्टाचार गर्नेलाई कानूनी कारवाही नगरेसम्म नेविसङ्घले निरन्तर आन्दोलन गर्ने बताए ।
रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार