यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार, बजारमा आज नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य १० रुपैयाँले बढेर प्रतिकेजी १४० रुपैयाँ तोकिएको छ।

लोकल सानो गोलभेँडा ७३ रुपैयाँ प्रतिकेजी रहेको छ। यस्तै रातो आलुको मूल्य स्थिर ५० रुपैयाँ र भारतीय सुकेको प्याज प्रतिकेजी ६० रुपैयाँ रहेको छ। आज स्थानीय काउलीको मूल्य भने ३० रुपैयाँले घटेर प्रतिकेजी ७० रुपैयाँ पुगेको छ। 

त्यस्तै, कन्य च्याउको मूल्य प्रतिकेजी १६० रुपैयाँ रहेको छ। डल्ले च्याउको मूल्य ३५० रुपैयाँमा विक्रि भएको छ। गाजरको मूल्य भने स्थिर नै रहेर प्रतिकेजी ११० रुपैयाँमा बिक्रि भइरहेको छ। घिउ सिमी लोकल ८०, भन्टा लाम्चो ५०, मकै बोडी ८०, भटमासकोशा ९० रुपैयाँ तोकिएको छ।

तितो करेला ६०, लौका ७०, परवल ७०, घिरौला ५०, फर्सी पाकेको ५०, काँक्रो लोकल ६०, भिण्डि ८०, स्कूस ६०, प्याज हरियो १२०, रायो साग १४०, कुरीलो ५५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ। त्यस्तै, केरा दर्जनको १३० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य हिजोको तुलनामा स्थिर प्रतिकेजी ३५० नै कायम छ।

कागती १६०, अनार प्रतिकेजी २८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ। साथै, तरबुजा हरियो ७०, मौसम १४०, कालो अंगुर ४०० र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ। 

Logo