#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32097341981967743522123680153
नेपाल678044361741449954

‘क्विन्साइज काठमाडौं’

  • जितेन्द्र रसिक

घनचक्करको घनहरू ठोक्न तम्तयार मेरो जिन्दगीको पाठेघरमा केहि भ्रुण चलमलाएको हुन सक्छ वा हुर्किसकेको पनि हुन सक्छ । जन्मेर वयस्क भएर मेरो अगाडि अदृश्य उभिएको पनि हुन सक्छ ।

त्यो साँझ रानीपोखरीको तलाउमा क्विन्साइज माछाहरु किनारमा लमतन्न थिए । मेरो कोर्रा दिमागमा ढुङ्गा हिर्काएर ती क्विन्साइज माछाहरु किन मृत्युवरण गरेका ? प्रश्नको सुइरोले यसरी छेडिएँ कि, म स्वयं नपुङ्सक ‘रिप्लाएर’ भएँ । अलि पर रहेको बाँसका भाटा माछाकै स्वरुपमा सल्बलायो र किनारामा पाखा लागे । सायद माछा जिउँदो छ वा मृत कसैले छामेको हुन सक्छ ।

हिजो नारायणहिटी सङ्ग्रहालयको सानो तलाऊमा पनि किङ्साइज माछाहरु त्यसरी नै लमतन्न किनार लागेका थिए । क्विन्साइज माछाहरु जस्तै । यहाँ जीवन अस्तित्वको संक्रमण बढ्दो छ । म ति संक्रमित माछाहरु छेउमा मुकदर्शक भै उभिएको छु । तर नजिक पुग्दा जसको अस्तित्व सकिसकेको थियो ।

हैन हैन, तपाइँ सरासर झूट बोल्दै हुनुहुन्छ । भोटाहिटीको पुल उक्लनु अघि अर्कि क्विन्साइज स्तनधारीले ठक्कर दिएर गइन् । भोटाहिटी र जमलको स्काइब्रिजमा प्राय सधैँ मानव सलहमा मिसिन्छु । लाग्छ, ती सबै सबै अस्तित्व खोजिरहेछन् । फरक–फरक स्वार्थको । तर म देखीरहेछु मानव सलहमा पनि अस्तित्वको कोलम्वस यात्रा । अनि रानीपोखरीकै क्विन्साइज माछाहरु ।

मोबाइलले झट्का दियो । रिसीभरमा भनेँ ‘क्विन्साइज काठमाडौँमा किङ्साइज कथाहरु बुनिरहेछु माफ गर्नुहोला । साँझ छिप्पीनै लाग्दा डेराको अस्तित्वमा मेरो आगमन हुनसक्छ । हैन–हैन ढुक्क हुनुहोस् आगमन हुन्छ । हिड्दा हिड्दै कुनै मोडहरुले यात्रामा धावा नबोले म सुरक्षित डेरामा पुग्छु ।’ डेरामा पुग्ने बेला उनी गेट नजिकैको कफि शपमा कफिको सुगन्धसँगै आफुलाई अल्मल्याईरहेकी थिइन् । गर्मी महिना । अबेर साँझ । कम चहलपहल । कफीशपको टेबलमा अझै झिङ्गाहरु निदाउन सकेका थिएनन् । एक जोडी झिँगा बच्चा कोरल्न मरिहत्ते गर्दै थिए । सायद ट्वेन्टी वन सेन्चुरीका झिँगाहरु हुन सक्छन् । नजिकै अर्को टेवलमा दुई झिङ्गाको एकै शरीर भारवहन जहाज झैँ उडेर गयो र ठोक्कियो घोप्टेभिरमा जहाज ठोक्किए जस्तै, र कसैले छाडेको आधा कप कफिभित्र खस्यो समुन्द्रमा जहाज खसेजस्तै ।

सायद झिँगा पनि बेहोसी बाँचिरहेछ सुहागसाँझमा । म हेरिरहें सिगरेटको धुवाँ उडाउँदै । बचाउन सक्थें म त्यो जोडीलाई तर मैले त्यसो गरिनँ । झिङ्गाको जोडी एकैछिन छट्पटायो र जीवन त्याग ग¥यो । क्षणभरको मस्तीमै तिनले जीवन गुमायो मान्छेले जस्तै ।

मैले सिगरेटको धुवाँ उडाउँदै उनलाई डेरासम्म डोहोर्याएँ । उनले उडेको सिगरेटको धुवाँको मिथक व्याख्या ग¥यो । भन्यो, आज एउटा प्लट लिएर आएकी छु, सुल्झाउन सक्छौ ? मैले भने ‘यो रातमा तिमीले लिएर आएको प्लट सुझाउँदा सुझाउँदै अर्को प्लट जन्म्यो भने तिमी निवसर््त्र हुनेछौ । रोवोट जस्तै ।
उनले भनिन् ‘नाङगिनु पनि जीवन हो । त्यसैले मलाई नाङ्गिनुमा कुनै आपत्ती छैन ।’ खै र, केहि छैन म विज्ञानको रोचक कथा लेख्न मन पराउँछु । लाग्थ्यो उनलाई पनि यन्त्रवत पाठेघरमा विज्ञानले सहवास गरेर जन्माएकी थिई ।
जोक नगर न, म साँच्चै कथा लेख्न चाहन्छु क्या । मसँग प्लट छ । यो पटक म विज्ञानभन्दा पर रहेर लेख्छु क्या !
कस्तो प्लट ?
उनले मलाई सुनाउँदै गयो । नवरसभित्र चोपलिएका माछाहरुको थुप्रोबाट एउटा क्विन्साइज माछा बेलायती माझीले लिएर गयो ।
त्यसपछि के भयो ? मैले प्रश्न गरेँ । कथा रहस्यमय बन्दै थियो । म रहस्यमय तरिकाले सुन्दै थिएँ । जतिखेर सङ्ग्रहालयभित्रको किङ्साईज र क्विन्साइज माछाहरु बगरमा छटपटाईरहेको हुन्छ । एउटा संकेत धुन बज्छ । तपाईं त्यहि उभिनु भएको छ । तपाईं देख्न सक्नुहुन्न तर तपाइँसँग आँखा छ । तपाइँ सुन्न सक्नुहुन्न तर तपाइँसँग कान छ । किनकी तपाइँ क्विन्साइज काठमाडौंको निर्जिव प्राणि हो सालिक जस्तै ।
मलाई भनेको ? म झस्किएँ ।
होइन । भन्दैछु नि, यो कथाको प्लट हो । सुन्दै जाउ न ।
मैले केवल मुन्टो हल्लाएँ मात्रै ।
यो अचम्मको क्विनसाइज सहर हो त्यसैले अचम्म नमान्नु होला । तपाईं ठूलो पर्दापछाडि उभिनु भएको छ । गन्तव्यबिनाको यात्रामा तपाईं पनि सरिक हुनुहुन्छ । खै र तपाइँ मात्र होइन म पनि ।
त्यसपछि के भयो ? मैले जिज्ञासा राखें ।
सहर अचम्मको छ भन्ने तपाइँ महासयलाई थाहा हुनुपर्ने हो ।
साना किङसाइज माछाको सन्दर्भ कथामा उनिएको छ ।
के छ, कथामा ?
के छैन, भन्नुस न ?
यो शहर देवकोटालाई राँची भेजिदिने शहर हो । रसिया भ्रमण गर्दा कम्युनिष्टको ख्वापास्याः गरि गलहत्याउने अजिवको शहर हो काठमाडौं । क्यान्सरका रोगी देवकोटालाई भुटेको मकै चपाउन लगाउने शहर हो । यतिखेर पर्दापछाडि तपाईं हुनुहुन्छ तपाईं । देवकोटा जस्तै । तपार्इं पनि देवकोटा जस्तै बोल्नुहुन्छ । ‘अरे भोकभोकै मर्नुभन्दा त मकै चपाउँछु, भोकभन्दा ठूलो क्यान्सर होइन मेरो लागि ।
किनकी तपाइँलाई पनि क्यान्सरले छोएको छ ।
हँ मलाई क्यान्सरले छोएको छ ? म अझै झस्किन्छु ।
तपार्इंलाई होइन । यो देशलाई । देशलाई क्यान्सर लागेको छ र देशलाई क्यान्सर लाग्नु भनेको तपाईंलाई लाग्नु हो । के त्यस्तो लाग्दैन ? उनी प्रश्न सूचक आँखाले मलाई घोच्दै बोलिन् ।

देवकोटाले भोककै कारण मकै चपाए । उनले भनेका थिए ‘म कति दिन भोकै बसुँ ? क्यान्सरले भन्दा भोकले पो चाँडै मर्छुजस्तो भैसक्यो । ’
हो, काठमाडौंलाई देवकोटाको जस्तै क्यान्सर लागेको छ । शहरलाई क्यान्सर लाग्नु भनेको सिंगो देशलाई क्यान्सर लाग्नु हो । देशलाई क्यान्सर लाग्नु भनेको देशभित्र रहेका सबैलाई लाग्नु हो । यहाँ देवकोटालाई जस्तै मान्छेहरुलाई सहर लागेको छ । सहर लाग्नु यो मानेमा कि सहर त्रासदिघर सावित भैसकेको छ । अब त शत्रुलाई सराप्नु परे पनि तँलाई सहर लागोस् भन्नुपर्ने बेला पो आएको छ । भावना र मानवता इञ्जिन जस्तै बनेको सहरको मान्छेलाई किताबमा पल्टाउनुस् त, अब तपाईं के भन्नुहुन्छ ? मान्छे यन्त्रवत छैन सहरमा ? वा सहर यन्त्रवत लाग्दैन तपाइँलाई ?
मानवता निभेको काठमाडौंभित्रको एउटा गल्लिभित्रको मेरो डेरामा पनि अन्धकारको सम्राज्य छ । मेरो समाजमा जस्तै ।
मलाई डर लागिरहेको थियो उनले दिएको सहरको ‘लोजिक’ले । मैले भनें, ‘अन्धकारमा क्यान्डल कवच सावित हुनसक्छ’
उनले प्लट सुनाउँदै गइन् ।
तपाईंको काका छ ? काकी छ ?
अँहँ छैन, मैले मुन्टो हल्लाएँ ।
छ भने उनीहरु पनि क्याण्डल भन्दा फरक हुन् । उनीहरु क्यान्डल जस्तै बल्न जान्दैनन् ।

तर मलाई क्याण्डल मनपर्छ । बस् जीवन । जल्छ सक्छ क्याण्डल जस्तै ।
‘के फरक क्याण्डल र मान्छेमा ?’ मैले सोधें ।
‘प्रश्न नगर्नुस’ । उनी जङ्गीए ।
फरक छ आकास पाताल जस्तै । उ आफैं जलेर उज्यालो दिन्छ । मान्छे त्यसो गर्न सक्दैन । भन त सक्छौ ? हात उठाउनै पर्दैन यहाँ अस्तित्वको लडाईं चलेको छ । तपाईं हामीजस्तै अस्तित्वको लडाइँमा क्याण्डलहरु होमिएका भए यो कोठाभित्रको अन्धकार सम्राज्यमा तपाईं हाम्रो सायदै केहि लाग्ने थियो ।
सुन्नुस त ! मेरो कथाको प्लट बेहोसी छ । बाँकी होस खुल्दा कथा पुरा हुनेछ ।

सम्बन्धित समाचारहरु