लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन

लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन


काठमाडाैँ सिनामंगलस्थित लोयोला सकेण्डरी स्कुलको आयोजनामा ओजस थिएटर (शैली थिएटर) मा नाटक “हराएकी म“को मञ्चन शुक्रबारबाट शुरु भएको छ। हिजो दिउँसो ११ बजे र १ बजे मञ्चन गरिएको नाटकमा महिलाहरु प्रथम पटक रजस्वला हुँदा गरिने व्यवहारबारे प्रस्तुत गरिएको छ।

दर्शकहरुलाई महिनावारी हुँदा गलत संस्कारलाई त्यागेर महिनावारीलाई उत्सवको रुपमा मनाउनुपर्ने सन्देश दिन र कलाकारहरुलाई रङ्गमञ्च सम्बन्धि ज्ञान बाड्न नाटक मञ्चन गरिएको हो।

विद्यालयकी उपप्राध्यापक ममता बमले आफ्नो विद्यालयमा रहेका बालवालिकालाई रजश्वला के हो र यसका विषयमा समाजमा रहेका गलत धारणा र सामाजिक कु-संस्कारका विषयमा जानकारी दिनको लागी नाटकको मञ्चन गरिएको उनले बताए।

बालसाहित्यकार विजयराज आचार्यको कथालाई लिएर निर्माण हुन लागेको नाटकको नाट्य रुपान्तरण र निर्देशन रङ्गकर्मी पुष्पराज अवस्थीले गरेकाे छ भने सहायक निर्देशन भरत महर बिटीले गरेकाे हाे।

नाटक हराएकी म महिनावारीको विषयवस्तुलाई लिएर निर्माण गरिएको हो। अहिलेको यो युगमा पनि कतिपय ठाउँ अथवा घरपरिवारमा महिनावारीलाई हेर्ने नजरिया पुरानै छ। कतिपय घरपरिवारमा महिला अथवा किशोरी महिनावारी भएकै कारण मानसिक यातना भोगिरहेका छन्।

छाउगोठ बस्नुपर्ने, बन्द कोठामा बस्नुपर्ने, छोरा मान्छेको अनुहार हेर्न नमिल्ने, खानामा पनि सबै खान नमिलेर बार्नुपर्ने कथाहरु सुन्दै आइरहेका छौँ। पहिलोचोटि महिनावारी हुँदा कतिपयले केक काटिरहेको अवस्थामा कतिपय भने सामाजिक संस्कार भन्दै छोरीहरुलाई मानसिक यातना दिइरहेका छन्।

महिनावारी हुँदा खुशीले उत्सव मनाउनुपर्नेमा कतिपय छोरीहरु महिला हुनुमा नै दुखको अनुभव गर्छन्। नाटकको माध्यमबाट यी र यस्तै कुराहरुमा सुधार आउँछ कि भन्ने आशा नाटकको व्यावस्थापन पक्षले लिएको छ।
 
नाटकमा आयुषा सुजी, जेनिसा आचार्य, समृद्धि पाण्डे, आरुष गौतम, श्रेया बुढाथोकी, निमिसा श्रेष्ठ, रिमिसा श्रेष्ठ, प्रस्तुती भण्डारी, सुमन खड्का, प्रक्सिस राना कुवँर, आश्रिका अधिकारी,आरभ पुरी, जस्टिन थापा, द्रब्यता कुशुवाह, हिमाल तामाङ, कौशल पौडेल, काब्या शर्मा लगायत अन्य कलाकारको भूमिका रहेको छ। नाटकको मञ्च व्यस्थापक आस्था कार्कीले गरेकाे छ।

अहिलेको यो युगमा किताबसँगै अन्य ज्ञान पनि हुन जरुरी हुन्छ। लोयोला स्कुल आफ्ना विद्यार्थीहरुलाई किताबी ज्ञानको साथसाथै अन्य सिपमुलक तथा साहित्यिक ज्ञान दिन अग्रसर छ। विद्यार्थीहरुमा रङ्मञ्चको ज्ञान दिन र सामाजमा केही सन्देश दिन यो नाटक निर्माण गरिएकाे हाे। 

विद्यालयमा नाटकको अलावा नृत्य, संगित, तेकवान्दो, पेन्टङ एण्ड आर्टस् लगायतका अतरिक्त कक्षाहरु पनि सञ्चालनमा छन्। फलस्वरूप हाम्रा विद्यार्थीहरु राष्ट्रिय स्तरमै राम्रो प्रगति गरिरहेको  प्रिन्सिपल रमेश पनेरुले बताए। 

Logo