सामसङ नेपालद्वारा ग्यालेक्सी जेड फ्लिप ५/जेड फोल्ड ५ सार्वजनिक गर्न रिटेलर मिटको आयोजना

सामसङ नेपालद्वारा ग्यालेक्सी जेड फ्लिप ५/जेड फोल्ड ५ सार्वजनिक गर्न रिटेलर मिटको आयोजना


काठमाडौँमा ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को सफलतापूर्वक अनावरण गरेपछि सामसङ नेपालले काठमाडौँमा २०८० साउन ३२ गते रिटेलर मिट कार्यक्रमको आयोजना गरेको छ। रिटेलर मिटमा नयाँ फोल्डयोग्य उपकरणहरुका साथमा कारोबार गर्ने प्रतिष्ठित ९० जना भन्दा बढी व्यापारी साझेदारहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको दौरान हालै बिक्री शुभारम्भ गरिएका नयाँ मोडलहरु ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ का विशेषताहरु जस्तै पकेटेबिलिटी, कभर स्क्रीन, फ्लेक्स मोड, वाइड स्क्रीन, ईमर्सिभ भिउइंग, सेल्फि र आइपी एक्स एटको विशेषताहरु दर्शाइएको थियो र तिन्को बारेमा छलफल गरिएको थियो। 

दुवै ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ लाई धेरै टिकाऊपनाको अपेक्षा पूर्ति गर्ने गरी सावधानीपूर्वक निर्माण गरिएको छ। मुख्य स्क्रीन सक डिस्पर्सन तहका साथ जडान गरिएको छ र अत्याधिक सलिड डिस्प्लेको लागि पुनः डिजाइन गरिएको छ।

यसका साथै आइपी एक्स एटको समर्थन, आर्मर अलुमिनियम फ्रेमहरु, र गोरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको छ । ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ले ग्राहकहरुलाई अपेक्षाकृत संरक्षण प्रदान गर्दछ, जसलाई फ्लेक्स हिन्जले थप विस्तार गरेको छ । यो नयाँ एकीकृत हिन्ज मोडलमा बाह्य असरहरुलाई फैलाउने दुई रेलको संरचनाको विशेषता छ ।

यसको खोज उद्देश्यमूलक रुपमै अधिकतम दिगोपनाको लागि गरिएको हो। उत्पादनको जीवनचक्र बढाउन हरेक उपकरण ५ वर्षको सुरक्षा अद्यावधिक र ओएस स्तरोन्नतिको ४ पुस्ताका साथ उपलब्ध छ ।

ग्यालेक्सी जेड फ्लिप ५ले स्व–अभिव्यक्तको लागि निर्मित खल्ती आकारको उपकरणमध्येबाट स्टाइलिस, उत्कृष्ट फोल्ड गर्न योग्य अनुभव प्रदान गर्दछ । ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रङ्गहरु मिन्ट, लाभेण्डर र कालोमा उपलब्ध छ।

यो एकै प्रकार (८ प्लस २५६ जिबि) मा मात्र उपलब्ध छ र यसको मुल्य रु.१३९,९९९/तोकिएको छ ।वाइड स्क्रीन र धेरै समय चल्ने ब्याट्री सहितको सबैभन्दा पातलो हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ जहाँ पनि लैजान सजिलो छ, साथै ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्दछ।

ग्यालेक्सी जेड फोल्ड ५ कालो र हल्का नीलो २ प्रकारका दामी रङ्गहरुमा पाइनुका साथै १२ जिबि मेमोरी सहितका २५६ जिबि र ५१२ जिबि भण्डारण क्षमता भएका २ प्रकारमा उपलब्ध छन् । ग्यालेक्सी जेड फोल्ड ५ (१२ प्लस२५६ जिबि) को मुल्य रु.२२६,९९९÷ र ग्यालेक्सी जेड फोल्ड ५ (१२प्लस५१२ जिबि) को मुल्य रु.२३९,९९९/ कायम गरिएको छ ।

यी मोडलहरुको प्रि अर्डर २०८० साउन २२ गतेदेखि नै शुरु भइसकेको छ। यसका साथै हरेक फोल्डयोग्य डिभाइसको प्रि-अर्डरमा ग्राहकहरुले रु.२५,००० सम्मको फाइदा हुने छुटाउनै मुश्किल पर्ने केही आकर्षक उपहारहरु पनि रोज्न सक्नेछन्।

यसका साथै ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्स प्रयोग गरी शुन्य प्रतिशत ब्याजमा प्रति महिना रु.७,०००/ सम्मको न्यूनतम इएमआइ तिरेर फोन किन्न सक्नेछन्। सामसङ इन्स्टा फाइनान्स २२ वटा सामसङ एक्स्पेरियस् स्टोरको साथै देश भरिका २०० भन्दा बढी पसलहरुमा उपलब्ध छ। 

यसैगरी यदि ग्राहकहरुले आफ्नो मोबाइलको स्तरोन्नति गर्न चाहेमा एक्सेन्ज सुविधा पनि उपलब्ध गराइएको छ । पुरानो मोबाइलको मुल्याँकन गरेर त्यो मुल्य बराबरको रकम नयाँ फोल्डेबल मोबाइल किन्दा घटाइनेछ ।

सामसङले एकपटकको लागि एनएलजि इन्सुरेन्ससंगको सहकार्यमा ब्रेकेज बीमा सेवा पनि उपलब्ध गराएको छ भनें एक वर्षभित्रमा एकपटकको लागि प्रोटेक्टिभ फिल्म बदल्ने सेवा पनि प्रदान गरेको छ ।

Logo