देशमा व्यवस्था बदलिए पनि अवस्था अपेक्षाअनुरुप बदलिन सकेनः मन्त्री बस्नेत

देशमा व्यवस्था बदलिए पनि अवस्था अपेक्षाअनुरुप बदलिन सकेनः मन्त्री बस्नेत


जलश्रोत तथा उर्जामन्त्री शक्तिबहादुर बस्नेतले देशमा व्यवस्था बद्लिए पनि अवस्था भने अपेक्षाअनुरुप बदलिन नसकेको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारीको १९ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले राजनीति परिवर्तन र व्यवस्थाको लागि जनतालाई केन्द्रमा राख्ने तर आर्थिक सामाजिक रुपान्तरणको कुरा आउँदा विरहरुको खोजी गर्ने प्रवृतिले अवस्था अपेक्षाअनुरुप बद्लिन नसकेको टिप्पणी गरे । 

उनले भने,‘राजनीति परिवर्तन र व्यवस्थाको लागिजनतालाई केन्द्रमा राख्छौं र आधारभूतपक्ष बनाउँछौं जनता ईतिहासकानिर्माताहुन् । जनताको सक्रियता र सहभागिताबिना राजनीति परिवर्तन हुँदैन । आर्थिक सामाजिक रुपान्तरणको कुरा आउँदाविरहरुको खोजी गर्छौं । व्यवस्था बद्ल्छौं तर अवस्था बदल्न अपेक्षाअनुरुप सक्दैनौँ ।’

मन्त्री बस्नेतले जनताले आर्थिक सामाजिक क्षेत्रमा सहभागी हुन पाउने वातावरण निर्माण गर्न सहकारीको भूमिका र महत्वलाई अझ गम्भीरताका साथ सरकारले लिने प्रतिवद्धता जनाए । 

Logo