एमाले अध्यक्ष ओली ईतिहासप्रति पूर्वाग्रही रहेको घनश्याम भुसालको आरोप

एमाले अध्यक्ष ओली ईतिहासप्रति पूर्वाग्रही रहेको घनश्याम भुसालको आरोप


नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेका अध्यक्ष केपी शर्मा ओली ईतिहासप्रति पूर्वाग्रहीरहेको आरोप लगाएका छन् । 

शनिवार काठमाडौंमा आयोजित निरोज कट्टेलको २०८० झापा विद्रोहको अन्तरकथा विमोचन कार्यक्रममा महासचिव भुसालले अध्यक्ष ओलीले माओवादी जनआन्दोलको विषयलाई लिएर मिल्दा महान र नमिल्दा हत्यारा र आतङ्ककारी भन्ने गरेको भन्दै उनी ईतिहासप्रति पूर्वाग्रही रहेको आरोप लगाएका हुन् । 

उनले भने,‘फर्केर हेर्दा राजनीनिक नेतृत्वमा कमरेड ओलीले ईतिहासको बारेमा जसरी बोल्छन् । माओवादीको जन आन्दोलनबारे जसरी बोल्छन् । राज्यले त्यसलाई ईतिहासलाई अझै अगाडी लैजान्छौं भनेर सहमतिभएर अगाडि बढेको घट्नालाई आज फर्केर हेर्दा जतिबेला मिलिन्छ त्यतिबेला यो महान कुरा भन्ने जति बेला मिलिदैंन त्यत्तिबेला यो हत्यारा आतङ्ककारी भन्ने ? राजनीतिमा ईतिहासप्रति यो डर लाग्दो र घृणास्पद कुरा छ ।’ 

महासचिव भुसालले आजको युग ईतिहासको भन्दापनि अझ राम्रो, महान र नयाँक्रान्तिको पर्खाइमा रहेको तर्क गरे ।

Skip This
Logo