लिभरपुलको पहिलो जित

लिभरपुलको पहिलो जित


नयाँ सिजनको प्रिमियर लिगमा उपाधि दाबेदारी टोली लिभरपुलले पहिलो जित दर्ता गरेको छ।

शनिबार भएको लिगको आफ्नो दोस्रो खेलमा लिभरपुलले घरेलु मैदानमा बर्नमाउथलाई ३-१ गोलअन्तरले पराजित गरेको हो। लिभरपुलका लागी मोहमद सलाह, लुइस डियास र डिएगो जोटाले समान १-१ गोल गरे।

बर्नमाउथका लागी एन्टोनी सेमेन्योले १ गोल गरे।  यो जितसंगै लिभरपुलले २ खेलमा ४ अंक जोडेको छ। त्यस्तै बर्नमाउथको समान खेलमा १ अंक रहेको छ।

Logo