महिला विश्वकपको फाइनल आज, इङ्ल्यान्ड र स्पेनबीच प्रतिष्पर्धा हुँदै

महिला विश्वकपको फाइनल आज, इङ्ल्यान्ड र स्पेनबीच प्रतिष्पर्धा हुँदै


महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण आज सकिँदैछ। इङ्ल्यान्ड र स्पेनले उपाधिका लागि दिउँसो प्रतिष्पर्धा गरेसँगै प्रतियोगिता सकिनेछ। अस्ट्रेलिया रंगशालामा हुने फाइनलमा उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्ने छन्।  

घरेलु टोली अस्ट्रेलियाविरुद्ध ३-१ को जित निकाल्दै इङ्ल्यान्ड पहिलो पटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको थियो। स्पेनले स्विडेनलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। यी दुबै टोली पहिलो पटक फाइनलमा पुगेका हुन्।

तेस्रो स्थानका लागि शनिबार ब्रिसबेनस्थित सनक्रप रंगशालामा भएको खेलमा स्वीडेनलाई जित दिलाउन फ्रिडालिना रोल्फो र कोसोभारे एस्लानीले गोल गरे। तेस्रो स्थानका लागि स्वीडेन र अस्ट्रेलियाबीच भएको खेलको ३०औँ मिनेटमा रोल्फोले गरेको गोलबाट स्वीडेनले अग्रता बनाएको थियो। ६२औँ मिनेटमा एस्लानीले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारिन्।

यससँगै दुवै टिमबाट थपगोल नहुँदा स्वीडेनले दोस्रो पटक विश्वकपमा तेस्रो स्थान सुरक्षित गर्न सफल भएको छ। २००३ को उपविजेता स्वीडेनले १९९१, २०११ र २०१९ मा तेस्रो स्थान हासिल गरेको थियो।

२० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो। सन् १९९१ देखि सुरु महिला विश्वकपमा झण्डै ५ करोड डलर बराबरको पुरस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पुर्‍याइएको छ।

Logo