आजको दिन तपाईंको ग्रहदशाको अवस्था के छ? हेर्नुहोस् राशिफल !

आजको दिन तपाईंको ग्रहदशाको अवस्था के छ? हेर्नुहोस् राशिफल !


२०८० भाद्र ३ श्रावण  शुक्ल पक्षको चतुर्थी तिथी आइतबार। यस तिथिमा चन्द्रमा कन्या राशिमा रहनेछ। दैनिक राशिफल मार्फत १२ वटा राशिको बारेमा जान्नुहोस्।

मेष राशि 

मेष राशि हुनेहरुको लागि आजको दिन उत्साहजनक रहनेछ। आफ्नो ऊर्जा सही काममा लगाउनुहाेला, अन्यथा समस्या आउन सक्छ। धार्मिक तीर्थयात्रामा जाने योजना बनाउनुभएको छ भने, आमाबुवालाई साथमा लिएर जाँदा राम्रो हुने छ।  परिवारमा कुनै कुरालाई लिएर कलह चलिरहेको थियो भने त्यो पनि हट्न सक्छ।  अविवाहितहरूका लागि राम्रो वैवाहिक प्रस्ताव आउन सक्छ।  तपाईंको कुनै पुरानो लेनदेनमा समस्या हुन सक्छ ।

लक्कि नमबर -६
लक्कि कलर – कालो

वृष राशि

वृष राशिका लागि आजको दिन हानिकारक रहनेछ।  कार्यस्थलमा कुनै विरोधको कारणले ठूलो नोक्सान बेहोर्नु पर्ने हुन सक्छ, परिवारका कुनै सदस्यलाई तपाईंले भनेको कुरामा नराम्रो लाग्न सक्छ। पहिले कसैबाट ऋण लिएको भए धेरै हदसम्म चुक्ता गर्न सकिनेछ, शेयर बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने आज नगर्नुहाेला नत्र आफ्नो पैसा खेर जानेछ। डुब्ने सम्भावना उच्च छ।

लक्कि नमबर -५
लक्कि कलर – गुलाबि 

मिथुन राशि
मिथुन राशिका लागि आजको दिन नयाँ कामको सुरुवात राम्रो रहनेछ। आफ्ना प्रियजनहरूसँग केही समय बिताउनुहुनेछ, जसका कारण तपाईंले आफ्नो मनमा भइरहेको भ्रमबाट पनि मुक्ति पाउनुहुनेछ, व्यवसाय गर्ने व्यक्तिको दिमागमा कुनै विचार आयो भने तत्काल अघि बढाउनुपर्छ,नत्र साझेदारले फाइदा उठाउन सक्छन्।

लक्कि नमबर -७
लक्कि कलर – निलो

कर्कट राशि 
आज मिश्रित प्रतिक्रिया आउने छ।  केहि नयाँ अवसरहरू पनि आउनेछन्, जसले तपाईंलाई आर्थिक लाभ दिनेछ।  विगतमा गरेको परिश्रमको प्रतिफल आज मिल्नेछ।  कुनै पनि समस्या देखेर आत्तिनुको सट्टा आफ्नो प्रियजनको सल्लाह लिनुहोला।  विगतलाई भुलेर अगाडि बढ्नुपर्छ।  जीवनसाथीसँगको सम्बन्धमा थप मधुरता आउनेछ। स्वास्थ्यमा धेरै सुधार हुनेछ।  विद्यार्थीहरुले आज सफलता हात पार्ने देखिन्छ।

लक्कि नमबर -८
लक्कि कलर – सेतो

सिह राशि 
बुवालाई कुनै रोगले सताएको छ भने रोग बढ्ने छ खानपिनमा ध्यान दिनुहोला। कार्यक्षेत्रमा प्रतिद्वन्द्वीसँग सजग रहनु आवश्यक छ, अन्यथा समस्या आउन सक्छ।  सानो बच्चाको साथमा केही समय रमाइलो गरी बिताउनु राम्रो हुने छ।  व्यवहारमा संयम राख्नुहाेला  अन्यथा कठोर व्यवहारबाट परिवारका सदस्यहरू रिसाउनेछन्।

लक्कि नमबर -२
लक्कि कलर – रातो

कन्या राशि 
रोजगारीको खोजीमा यता-उता भट्कने मानिसहरूले पनि अलिकति चिन्ता लिनुपर्ने हुन्छ, अलिक पछि मात्रै राहत देखिन्छ। आफ्नो घरको मर्मतमा पनि धेरै पैसा खर्च हुनेछ।  कार्यक्षेत्रमा केही प्रतिद्वन्द्वीले तपाईंको काममा बाधा पुर्याउने प्रयास गर्न सक्छन्। विद्यार्थीहरूले आफ्नो पढाइमा पूर्ण ध्यान दिँदा राम्राे हुने याेग रहेकाे छ।

लक्कि नमबर -४
लक्कि कलर – पहेलो

तुला राशि 
नयाँ घर वा कार किन्ने विचार गर्न सक्नु हुनेछ।  स्वास्थ्यमा आएको गिरावटबाट मुक्ति मिल्नेछ।  कार्यस्थलमा विशेष व्यक्तिसँग सम्पर्क गर्दा आर्थिक स्थितिमा सुधार आउन सक्छ।  परिवारमा नयाँ व्यक्ति सामेल हुन सक्छन्।

लक्कि नमबर -१
लक्कि कलर – जामुन

वृश्चिक राशि 
तपाईंको विरोधले तपाईंलाई कुनै षड्यन्त्रको सिकार बनाउन सक्छ, सावधान रहनुहोला।  कुनै पनि ठूला निर्णय लिनुअघि राम्ररी सोच्नुहोला। चुनौतीले घेरिनेछ।  व्यापारमा कमी आउनेछ।  परिवारमा आमाबुवाको स्वास्थ्य पनि बिग्रन सक्छ। पत्नीसँग विवाद बढ्नेछ।  आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।

लक्कि नमबर -३
लक्कि कलर – हरियो

धनु राशि 
साताको उत्तरार्धमा परिवारसँग धार्मिक यात्रा आदिको योग बन्न सक्छ, जसका कारण यो साता श्रीमती र सन्तानसँग राम्रो रहनेछ।  परिवारमा रहेको मनमुटाव हट्नेछ। तपाईंसँग प्रेम र भाइचारा बढ्नेछ। आज रोकिएका कामहरु सम्पन्न हुनाले मन प्रसन्न रहनेछ।  आज कुनै नयाँ कामको थालनी गर्न सकिनेछ।  घरपरिवारमा वैवाहिक  कुरा आउन सक्छ। पत्नीको सहयोग मिल्नेछ।

लक्कि नमबर -९
लक्कि कलर – आकाशे

मकर राशि 
आज सन्तानको शिक्षाका लागि गरेका प्रयासमा सफलता मिल्नेछ।  जसका कारण घरपरिवारमा माहोल राम्रो रहनेछ।  आज श्रीमती र सन्तानसँग खुसीसाथ बस्नुहुनेछ। कम्पनीबाट राम्रो आर्थिक लाभ मिल्नेछ। अर्थतन्त्र बलियो हुनेछ। नयाँ योजना बनाउन सकिनेछ। व्यापार साझेदारको रुपमा नया साथ पाइनेछ। घर  वा कार किन्न सकिन्छ।  तपाईंले आफ्नो योजनाहरूमा राम्रो लगानी प्राप्त गर्न सक्नु हुनेछ।

लक्कि नमबर -२
लक्कि कलर – खैरो

कुम्भ राशि 
सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला अन्यथा ठूलो दुर्घटनाको शिकार बन्न सकिन्छ।  यसका साथै पैतृक सम्पत्तिलाई लिएर परिवारमा ठूलो झगडा हुने देखिन्छ।  जसका कारण अदालत जानु पर्ने हुनसक्छ ।बोलीमा नियन्त्रण राख्नु पर्ने देखिन्छ।  वादविवादबाट टाढा रहनुहोस्।  पारिवारिक जीवनमा समस्या आउनेछ।  श्रीमतीसङ सम्बन्ध मधुर रहनेछ ।

लक्कि नमबर -६
लक्कि कलर – बैगुनि 

मिन राशि  
तपाईंले मानसिक रूपमा केही दबाब महसुस गर्नुहुनेछ, जसका कारण तपाईंको काम र स्वभावमा परिवर्तन देखिनेछ।  परिवारमा छोराछोरी वा ससुराल पक्ष  वा दाजुभाइसँग झगडा हुन सक्छ, जसका कारण पारिवारिक वातावरण बिग्रन सक्छ।  तपाईं आफैं पनि अशान्त  महसुस गर्नुहुनेछ। रिसलाई नियन्त्रणमा राख्नुहाेला, नत्र ठूलो क्षति हुनसक्छ।  ठूलो कामबाट बाहिर निस्कनुपर्ने हुन सक्छ। परिवारमा  मनमुटाव बढ्न सक्छ।

लक्कि नमबर -३
लक्कि कलर – गोल्डेन

Logo