साताकाे पहिलाे काराेवार दिन आज सुनको मूल्य घट्याे, चाँदी स्थिर

साताकाे पहिलाे काराेवार दिन आज सुनको मूल्य घट्याे, चाँदी स्थिर


साताकाे पहिलाे काराेवार दिन आज सुनकाे मूल्य १ सय रूपैयाँले घटेकाे छ। शुक्रबार १ लाख १० हजार ४ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १० हजार ३ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।  

यस्तै तेजाबी सुन १ लाख ९ हजार ७ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ  भने स्थिर रहेकाे छ। शुक्रबार १ हजार ३ सय ९० रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे  छ। 

Logo