#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33053144998716764850724405921
नेपाल718214671834153013

‘समृद्ध मुलुक बनाउन हरेक नागरिक शिक्षित हुनुपर्छ’ : काँग्रेस नेता भण्डारी

तनहुँ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले समृद्ध मुलुक निर्माणका लागि हरेक नागरिक शिक्षित हुनुपर्नेमा जोड दिएका छन् ।

तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयको ५१ औँ वार्षिकोत्सवको शनिबार उद्घाटन गर्दै नेता भण्डारीले नेपालका धेरैजसो सामुदायिक विद्यालयको अवस्था दयनीय रहेकाले सामुदायिक विद्यालयको अवस्था सुधार गर्न सामूहिक अठोट र प्रयास आवश्यक रहेको बताए । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सरोकारवाला लाग्नुपर्नेमा भण्डारीले जोड दिए ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्न नगरपालिकाले प्रयास थालेको बताए । नगरप्रमुख न्यौपानेले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन बस सेवा सञ्चालन गर्न लागिएको बताए । सो अवसरमा प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार