संसद बैठक बस्दै नबसी स्थगित

संसद बैठक बस्दै नबसी स्थगित


प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको बैठक बस्दै नबसी मंगलबारसम्मका लागि स्थगित भएको हो । 

संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले राखेकाे सर्वदलीय बैठकले दुई दिनपछि बैठक राख्न सभामुखलाई अनुरोध गरेपछि सभामुखले बैठक मंगलबार दिउँसो ३ बजे सम्मका लागि स्थगित गरेका हुन् । बैठकको निर्णय जानकारी दिन माओवादी प्रमुख सचेतक हितराज पाण्डे सिंहदरवारबाट नयाँ बानेश्वर आएका थिए । उनले आजको बैठक सकारात्मक भएकोसमेत सभामुखलाई जानकारी गराएका थिए । 

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ ।

No description available.

Logo