गायिका पुजन काफ्लेले ल्याइन् तीज गीत ‘ए आमा गाउँदै नाच्ने हो’ [भिडियाे]

गायिका पुजन काफ्लेले ल्याइन् तीज गीत ‘ए आमा गाउँदै नाच्ने हो’ [भिडियाे]


नेपाली नारीको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा यससँग सम्बन्धित् गीतहरु सार्वजनिक गरिन थालिएको छ । आउँदो १ असोजमा हरितालिका तीज पर्व परेको छ । तीज नजिकिँदै गर्दा तीज गीतहरु सार्वजनिक भइरहेका छन् । 

हिन्दु नारीहरूको महान् पर्व मानिएको तीजका गीतहरूमा जुनसुकै समुदायका नारीहरू नाचगान गरिरहेका, रमाइरहेका देखिन्छन् । यसै सन्दर्भलाई समेटेर गायिका पुजन काफ्लेले तीज गीत तयार गरेकी छिन् । 

‘ए आमा गाउँदै नाच्ने हो’ बोलको तीज गीत गायिका काफ्लेकै शब्द समेत रहेको छ भने संगीत आरसी रिमालले दिएका छन् । गीतमार्फत तीजलाई हर्षोल्लासका साथ मनाउनु पर्छ भन्ने भाव व्यक्त गरिएको गायिका काफ्लेले बताइन् । उनले भनिन्, ‘गीतको शब्दमा तीजमा चेलीले महसुस गर्ने भावलाई समेटेकी छु । गीतमार्फत सपरिवार र उनीहरूको पर्वमा महत्वलाई दर्शाइएको छ ।’ 

उनले गीतमार्फत चेलीको बेदनासँगै परिवारमार्फत् चाहने साथ र सहयोगलाई देखाइएको बताइन् । गीतको निर्मित भिडियोमा गायिका काफ्लेसँगै मैया काफ्ले, कल्पना पाण्डे, पुनम काफ्ले, स्मृति भुजेल, कृति भुजेल, एलिजा काफ्ले, सरस्वती तामाङ, एन्जल काफ्ले, तारा लामा, उषा काफ्ले लगायतका कलाकारले अभिनय गरेका छन् । 

शेरबहादुर डिसीको निर्देशनमा तयार भएको भिडियोमा शिवन पोखरेलको नृत्य निर्देशन, सुशील डाँगीको छायांकन, निराजन केसीको सम्पादन तथा कलर करेक्सन, सृष्टी थापा मगरको मेकअप एण्ड हेयर रहेको छ । गायिका काफ्लेकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत आउँदो तीजमा दर्शक तथा स्रोताको रोजाइमा पर्ने विश्वास व्यक्त गरिएको छ । यस अगाडि गायिका काफ्लेले ‘मेरो सासको’ बोलको आधुनिक गीत सार्वजनिक गरिसकेकी छिन् । 

 

Logo