सदन चलाउन सरकार चुकेको एमालेकाे टिप्पणी

सदन चलाउन सरकार चुकेको एमालेकाे टिप्पणी


नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले संसद चलोस् भन्ने नचाहेको टिप्पणी गरेका छन् । 

प्रतिनिधिसभाको आईतबारको बैठक सूचना टाँसेर स्थगित गरिएपछि सञ्चारकर्मीसंग कुरा गर्दै सचेतक बर्तौलाले सदन चलाउने कुरामा सरकार चुकेको तर्क गरेका हुन् । संसद चलाउने विषयप्रति सरकार गम्भीर हुनुपर्छ तर सरकार गम्भीर नदेखिएको उनको भनाई छ । 

उनले सदनमा सांसदले उठाएको प्रश्नप्रति सरकार जिम्मेवार नभएको बताए । 

सदन अवरोध नभएपनि सांसदले उठाएका कुराहरु सरकारले नसुनेको सचेतक बर्तौलाको टिप्पणी छ । ‘सदन अवरोध नभएपनि सांसदले उठाएको कुरा सुनुवाई भएको छैन् । अवरोध हुन नहुनुको कुनै पनि मतलव नभएको जस्तो परिस्थतिका संसद पुगेको छ ।’

Logo