#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32110901982192743669423692015
नेपाल678044361741449954

प्रधानमन्त्री जन्मदिन मनाउन जन्मघर आउदा गाउँपालिकामा सार्वजनिक बिदा

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउन आइतबार सार्वजनिक बिदा दिइएको छ ।

प्रधानमन्त्री ओली  ६९औँ जन्मदिन मनाउन जन्मघर आउदा विभिन्न कार्यक्रमकाे तालिका रहेकाे हुँदा स्थानीय विदा दिइएकाे गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बुले बताए । गाउँपालिका अध्यक्ष लिम्बुका अनुसार प्रधानमन्त्रीले आफ्नै सहयोगमा २ हजार बालबालिकालाई छात्रबृति दिने, ४ सय बृद्धबृद्धालाई न्यानाे कपडा बितरण गर्ने कार्यक्रम रहेकाे छ । त्यस्तै आफ्नो जन्मघर सुकेपोखरी हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जोड्ने सडक शिलान्यास कार्यक्रम पनि छ । यस्तै प्रधानमन्त्री ओलीले नेपाल बैंकको शाखा कार्यालय पनि उद्घाटन गर्नेछन् ।

आठराईमा त्रिभुवन विश्वविद्यालयको एक आङ्गिकसहित दुई वटा क्याम्पस र नाै वटा माविसहित ५८ वटा विद्यालय छन् । गाउँपालिका अध्यक्ष लिम्बुले प्रधानमन्त्रीकाे आगमनकै कारण मात्र नभइ सबै बालबालिका छात्रबृति लिन आउने भएकाले बिदा दिइएकाे बताए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार