#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32960281996357764377224320152
नेपाल718214671834153013

टोखाका तीनसय कुकुरलाई रेविज विरुद्धको ‘भ्याक्सिन’

काठमाडौं ।
टोखा नगरपालिकाले ३०० घरपालुवा तथा छाडा कुकुरहरुलाई रेविज विरुद्धको ‘भ्याक्सिङ’ दिएको छ ।

नगरपालिकाका पशु सेवा अधिकृत तीर्थबहादुर कार्कीले नगरपालिकाभित्रका छाडा कुकुर नियन्त्रणका लागि काठमाडौँ एनिमल टिटमेन्ट सेन्टरको सहकार्यमा कुकुर बन्ध्याकरण ‘भ्याक्सिङ’ कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । “छाडा कुकुरबाट हुने ‘वर्थ कन्ट्रोल’का लागि ५५ पोथी कुकुरलाई बन्ध्याकरण गरेका छौँ,” उनले भने । एउटा कुकुरको बन्ध्याकरणका लागि छ हजार लाग्ने गरेको छ ।

चालू आर्थिक वर्षमा ३५० पोथी कुकुरको बन्ध्याकरण गरिने कार्कीले बताए । नगरपालिकाभित्रका छाडा पशुपन्छी संरक्षणका लागि ‘कान्जि हाउस’ निर्माणसमेत गरिने भएको छ । कान्जि हाउस निर्माणका लागि जग्गा खोजीकार्य भइरहेको नगरपालिकाले जनाएको छ ।

कान्जी हाउस निर्माणका लागि वागमती प्रदेश सरकारले ७५ लाख बजेट सो नगरपालिकालाई उपलब्ध गराइसकेको छ । चालू आर्थिक वर्षमा नगरपालिकाभित्र पालन गरिएका पशुपन्छीका लागि पाँचलाखको औषधि तथा भिटामीन वितरण गरिएको छ । यस्तै बेलाबेलामा बधशाला र मासु पसलसमेतको अनुगमन गरेको पशु शाखा प्रमुख कार्कीले बताए । नगरपालिकाले ११ क्वीन्टल हिउँदे घाँसको बीउ किसानलाई वितरण गर्नुका साथै वर्ड फ्लु सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरेको नगरपालिकाले जनाएको छ ।
रासस

सम्बन्धित समाचारहरु