समाजवादी मोर्चाको बैठक जारी, सन्देश सभाका कार्यक्रम तय गर्ने सम्भावना

समाजवादी मोर्चाको बैठक जारी, सन्देश सभाका कार्यक्रम तय गर्ने सम्भावना


सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको छ। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधनमन्त्री पुष्पकमल दाहालसहित मोर्चामा सहभागि अन्य दलका शीर्ष नेताहरू बैठकमा सहभागि छन्। 

बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने छ। असार ४ गते गठन भएको मोर्चाले सात प्रदेशमा सन्देश सभाको आयोजना गर्नेसन्देश सभाको स्थान र मिति तय गर्न छ। बैठकले सन्देश सभाको निर्णय गरी जिम्मेवारीसमेत बाँडफाँट गरी व्यवस्थापनको काम अघि बढाउने छ। 

मोर्चालाई प्रदेश र जिल्ला तहमा विस्तार गर्नका लागि सन्देश सभा गर्न लागिएको हो। मोर्चाका अनुसार प्रदेश र जिल्ला तहमा संयोजन समिति रहने छ। कुनै पनि पार्टीका प्रदेशका अध्यक्ष तथा प्रमुखसहित प्रत्येक पार्टीबाट प्रदेशमा तीन/तीन जना र जिल्लामा दुई/दुई जना रहने छन्। प्रदेश र जिल्लामा सचिवालय पनि गठन गर्ने तयारी छ।

मोर्चाले कार्यविधि बनाएर चार पार्टीका अध्यक्ष रहने केन्द्रीय संयोजन समिति बनाएको छ। त्यसको मातहतमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, नेकपा एस उपाध्यक्ष प्रमेश हमाल, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा रहेको सचिवालय गठन गरेको छ। 

Logo