#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30974684960838744339522570451
नेपाल627974011712945267

‘सन्तुलित छिमेक नीति नेपालको समृद्धिको आधार’ : प्रधानमन्त्री

फाइल फोटो

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तुलित छिमेक नीति नेपालको समृद्धिको आधार भएको बताएका छन् ।

दुई ढुंगाबीचको तरुल भनेर नकारात्मक ढंगले भन्दा छिमेकीहरुबीचको सम्बन्ध सन्तुलित बनाएर समृद्धि हासिल गर्न सकिने उनले बताए । समृद्धिका लागि सन्तुलित, प्रभावकारी र उचित छिमेक सम्बन्ध र वैदेशिक सम्बन्ध विकास गर्न आवश्यक रहेको उनको भनाई थियो ।

दुबै छिमेकी देशहरुका राजनीतिक, आर्थिक र सामाजिक प्रवृतिमा भिन्न भएपनि सम्बन्धमा सन्तुलन राख्न सकिने प्रधानमन्त्री ओलीले उल्लेख गरे । ‘देशको यो स्थिति, यो आकारलाई नकारात्मक ढंगले बुझ्ने र त्यसैलाई दोष लगाएर बस्ने दुई ठूला ढुंगाका बीचको सानो तरुल भनेर । फैलिन पाउँदैन होला । फैलिन परेको छैन । यसैमा समृद्धि बनाएर हुन्छ नी । हामी दुई ढुंगाको बिचमा छौँ भने फैलिन नपाउने होला तर यहि समृद्धि हासिल गर्न सकिन्छ । त्यसका लागि हामीले सन्तुलित, प्रभावकारी र उचित प्रकारको छिमेक सम्बन्ध र वैदेशिक सम्बन्ध विकास गर्न आवश्यक छ’, उनले भने, ‘सूर्य, चन्द्रमा र पृथ्वी पनि आफ्नो सन्तुलनमा घुमेका छन् । सूर्यका वरिपरि घुम्ने नौं ग्रहलाई डोरीले झुण्ड्याएको छैन । यो दुनियाँ धर्ति र प्रकृति नै सन्तुलनमा छ । हामीले संसारको सबै सन्तुलन गर्नुपरेको छैन । दुईवटा छिमेकी मिलाउने हो । यो पनि ठूलो कुरा हो र ? पारस्परिक सम्मान र लाभका आधारमा जान सक्छौँ ।’

प्रधानमन्त्री ओलीले अस्वस्थ प्रतिस्पर्धालाई हटाएर अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको समेत बताए । अरुलाई आफूभन्दा निच देखाएर ठूलो हुन नसकिने बताउँदै उनले भने, ‘अर्काको कापी च्यातेर आफू अगाडी हुने होइन । यसको भन्दा राम्रो लेखेर बढी नम्बर ल्याउने विद्यार्थीले उन्नती गर्छ । अरुको विगारेर आफू सप्रिने होइन । अरुलाई पनि सप्रिन मद्दत गर्ने र आफू पनि सप्रिने बाटो हामीले लिनुपर्छ ।’

प्रधानमन्त्री ओलीले अहिलेको सरकारले एकदिनमा लगभग ६ किलोमिटर बाटो कालोपत्रे गरिरहेको बताएका छन् । दुई वर्षमा साँढे तीन सय पुल निर्माण भएको, उर्जा उत्पादनमा असाधारण तिव्रताका साथ वृद्धि भएको र बचतमा पनि वृद्धि भएको उनले बताए ।

शनिबार आफ्नो ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले जनता सार्वभौम हुने र जनता नै निर्णायक भएको लोकतान्त्रिक प्रणाली देशमा कायम रहेको बताए । जनताभन्दा माथि कोही नहुने उल्लेख गर्दै ओलीले सार्वभौम भएपछि ढंग पु¥याउन सकिएन भने केही गर्न नसकिने बताए ।

सम्बन्धित समाचारहरु