सन नेपाल लाइफ इन्स्याेरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सन नेपाल लाइफ इन्स्याेरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


सन लाइफ इन्स्याेरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ।  लगानीकर्ताले साेमबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।

सीडीएसका अनुसार भदौ ३ गते साँझ सम्ममा यस कम्पनीको  आइपीओमा १२ लाख २१ हजार १४२ जना सर्वसाधारण आवेदकहरुले १ करोड ३९ लाख ५३ हजार ८९० कित्ताका लागि आवेदन दिइसकेका छन्।

यो सर्वसाधारणका लागि छुट्टाइएको ७६ लाख ८० हजार कित्ता सेयर भन्दा १.८१ गुणा बढी आवेदन हो। सन नेपाल लाइफ इन्स्याेरेन्सले साउन ३२ गतेदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ बिक्री खुला गरेको हो।

यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो। यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा ९६ लाख कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गरेको हो। 

यसमध्ये १०% अर्थात् ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ। त्यस्तै, ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ५ प्रतिशत (४ लाख ८० हजार कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। 

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई क्यापिटलले गरेको छ। 

रेटिङ एजेन्सी केयर नेपालले यस इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको जनाउँछ। केयर नेपालले २०७९ मंसिर ६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० मंसिर ५ गतेसम्म बाहल रहनेछ।

Logo