कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै


राष्ट्रिय सभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी कार्यव्यवस्था परामर्श समिति बैठक बेलाएका हुन्।  

सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा बस्ने बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी हुनेछन्। मंगलबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठकका एजेण्डा र सदनको गतिरोध अन्त्यका विषयमा बैठकमा छलफल हुने बताइएको छ। 

Logo