#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31777771975470740745723394844
नेपाल666324291814248061

खतिवडाद्वारा सञ्चार मन्त्रालयको पदभार ग्रहण

काठमाडौं ।

अर्थमन्त्री युवराज खतिवडाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएका गोकुल बाँस्कोटाले राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी पाएका खतिवडाले आइतबार पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण कार्यक्रममा मन्त्री खतिवडाले सरकारी सञ्चार माध्यम देशभरीका जनताको साझा माध्यम भएकाले सन्तुलित सूचना प्रवाह गर्न निर्देशन दिए । सरकारी सञ्चार माध्यमले सरकारको मात्रै गुणगान गाउनुपर्छ भन्ने मान्यता सरकारले नराख्ने उल्लेख गर्दै खतिवडाले राज्य सञ्चालनमा जनताले निर्वाह गर्ने भूमिका र त्यसले समावेशी विकासमा पु¥याउने योगदानलाई मध्यनजर गर्दै सूचना सम्प्रेषण गर्न आग्रह गरे ।

मन्त्री खतिवडाले लोकतन्त्र बलियो बनाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने बताए । सरकारले गरेका राम्रा र नराम्रा दुबै कामहरु जनतामाझ पु¥याउने जिम्मेवारीमा रहेका सञ्चार माध्यमले राम्रालाई नराम्रा र नराम्रा कामलाई राम्रा काम भनेर जनतामाझ नपु¥याउन पनि आग्रह गरे ।

सम्बन्धित समाचारहरु

ताजा समाचार